जनकपुर सिटी हस्पिटलमा डाक्टरको अडानले १० दिने शिशुको मृत्यू
हस्पिटलले शिशुलाई एनआईसियुमा राखेर गरेको उपचार खर्च करिव २ लाख ३ हजार रुपैयाँ पुर्याएको छ ।

२०७५ भदौ १७ आइतबार, राति ८:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम | जनकपुरको रेल्वे स्टेशन स्थित सञ्चालित जनकपुर सीटी हस्पिटलमा १० दिने शिशुको मृत्यु भएको छ ।
जनकपुर उपमहानगरपालिका १७ तेतरियाका सन्तोष महराका १० दिने छोराको आईतवार उपचारकै क्रममा मृत्यु भएको परिवारजनले जनाएको छ ।१० दिन अघि जनकपुर अञ्चल अस्पतालमा जन्मेका शिशुको अवस्था खराब भएपछि त्यहाँका एक चिकित्सकले यहाँ उपचार सम्भव नभएको भन्दै थप उपचारको लागि सीटी हस्पिटलमा पठाएका थिए ।
शिशुलाई सीटी हस्पिटलमा एनआईसियुमा राखेर उपचार हुँदै आएको थियो । त्यहाँका चिकित्सकले यहिँ ठीक भइहाल्छ भनेर ढाँट्दै बाहिर उपचार गर्न लग्न नदिएको र चिकित्सककै लापरवाहीले शिशुको मृत्यु भएको शिशुका हजुरबुवा दिपन महराले आरोप लगाएका छन् ।
हस्पिटलले शिशुलाई एनआईसियुमा राखेर गरेको उपचार खर्च करिव २ लाख ३ हजार रुपैयाँ पुर्याएको छ । बाहिर उपचार गर्न लग्न नदिएको र जवरजस्ती शिशुलाई यहिँ राख्न बाध्य पारेर मोटो शुल्क समेत जोडेको पीडित परिवारको आरोप छ ।
रुपैयाँ कमाउनकै लागि आफ्नो शिशुको ज्यान लिएको र बाहिर लग्न नदिएको महराले आरोप लगाएका छन् । उनले आफ्नो शिशुको ज्यान लिने हस्पिटललाई कार्वाहीको माग गरेका छन् । उक्त हस्पिटलमा शनिवार समेत एक शिशुको उपचारको क्रममा ज्यान गएको थियो ।
यता उपचारमा संलग्न डाक्टर वैद्यनाथ ठाकुरले आफुहरु भगवान नरहेको र सकेसम्म बचाउने प्रयास गर्दा समेत शिशुको ज्यान गएको प्रतिक्रिया दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…