जनकपुरबाट एक दर्जन बढी विद्यार्थी युवा संगठनका प्रर्दशनकारी पक्राउ
उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।

२०७५ भदौ १७ आइतबार, दिउँसो १:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश सरकारले दिएको सार्वजनिक विदाको अवज्ञा गरेको भन्दै प्रदर्शनमा उत्रेका एक दर्जन बढी विद्यार्थी नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश सरकारले कृष्णाष्टमीको अवसरमा दिएको विदाको अवज्ञा गरी बैँक तथा कलेजहरु सँचालन नै रहेको भन्दै आक्रोसित विद्यार्थी नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरिएको हो ।
आधा दर्जन बढी बैँकहरुमा तालाबन्दी र तोडफोडपछि नेपाल राष्ट्र बैँकमा तालाबन्दी गर्न पुगेका उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ ।

पक्राउ पर्नेहरुमा महिला फोरमकी जिल्ला अध्यक्ष प्रमिला सिँह, विद्यार्थी फोरमका जिल्ला अध्यक्ष सुनिल मण्डल, प्रदेश सचिव विकास यादव, जिल्ला सचिव बलिराम कुमार, केन्द्रीय सचिवालय सदस्य सत्रुधन यादव सहित फोरमकै सदस्यहरु सत्यनारायण यादव, कामनी नारायण, राम कुमार यादव, रोशन कुमार महरा, पूजन सिँह, अमन यादव, इल्याकत राईन सहित समाजवादी युवा फोरमका धनुषा अध्यक्ष दीपेन्द्र कापडी रहेका छन् ।

उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ । प्रदेश सरकारे कानुन लागू गर, संघीय सरकार मुर्दावाद नारा सहित उनीहरु आधा दर्जन बढी बैँकमा तोडफोड गर्दै बन्द गराएका थिए भने कृषि विकास बैँकमा बाहिरैबाट तालाबन्दी गरिएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…