जनकपुरको आधा दर्जन बैँकमा विद्यार्थी संगठनको ताला र तोडफोड !!!
प्रदेश सरकारले जारी गरेको सार्वजनिक विदालाई धनुषा साईन्स क्याम्पसले धज्जिया उडाएकै हुन ।

२०७५ भदौ १७ आइतबार, दिउँसो १:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को सरकारले दिएको सार्वजनिक विदाको अवज्ञा गरेको भन्दै आक्रोसित विद्यार्थी सँगठनहरुले जनकपुरधामको आधा दर्जन बैँकमा तालाबन्दी सहित तोडफोड समेत गरेका छन् ।
संघीय सरकार मुर्दावाद, प्रदेश सरकारको कानुन लागू गर मूल नारा सहित प्रदर्शन गर्दै जनकपुरको एनबी बैँक, एनसीसी बैँक, मुक्तिनाथ बैँक, लक्ष्मी बैँक, सिटिजन बैँक र ग्लोबल आईएमई बैँकमा तालाबन्दी गरेका छन् भने एनबी बैँकमा तोडफोड गरिएको छ ।
समाजवादी विद्यार्थी फोरम, महिला फोरम र विद्यार्थी फोरमका युवाहरुले संघीय सरकार विरुद्ध प्रर्दशन गर्दै तालाबन्दी गरेका हुन् ।प्रदेश सरकारले कृष्णाष्टमीको अवसरमा आईतबार एक दिने सार्वजनिक विदाको घोषणा गरेपछि जनकपुरधामका बैँकहरुले त्यसको अवज्ञा गर्दै आएको छ ।
यसअघि रक्षा बन्धनको सार्वजनिक विदाको अवज्ञा गरेको भन्दै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले नेपाल राष्ट्र बैँकमा तालाबन्दी गरेका थिए भने कर्मचारीहरुले केही बेरमै ताला फुटाएपछि प्रदेश सरकारको कानुन र प्रतिष्ठालाई धज्जिया उडाएको थियो ।

पुन कृष्णाष्टमीको अवसरमा दिइएको सार्वजनिक विदाको अटेरी गरेर जनकपुरधामका बैँकहरुले प्रदेश सरकारलाई कडा चुनौती नै दिएका हुन् ।यता, सार्वजनिक विदाको घोषणा गरिएपनि वकिल टोल स्थित रहेको धनुषा साईन्स क्याम्पसले भने प्रदेश सरकारको विदालाई अवज्ञा गर्दै पठनपाठन सँचालन नै राखेका थिए ।
उनीहरुले नेपाल राष्ट्र बैँक समेत बन्द गराउँदै राष्ट्रिय वाणिज्य बैँकमा तालाबन्दी गर्न पुगेका छन् भने त्यसपछि धनुषा साईन्स क्याम्पसमा समेत तालाबन्द गरिने प्रर्दशनकारीहरुले जनाएको छ ।
प्रदेश सरकारले जारी गरेको सार्वजनिक विदालाई धनुषा साईन्स क्याम्पसले धज्जिया उडाएकै हुन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…