सेवा सामाजिक उद्यमी महिला सहकारी संस्थाको आठौ सधारणसभा
न्यूज ब्यूरो, महोत्तरी । सरकारले गर्न नसकेको काम सहकारीको माध्यमले आर्थिक कारोबार गरेर जीवनमा परिवतर्न गर्न सफल भएको राष्टिय सहकारी वोर्डका अध्यक्ष रामचन्द्र सिंह कुशवाहाले बताउनुभएको छ । शनिवार महोत्तरीको गौशालास्थित सेवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको आठौ वार्षिक सधारणसभालाई सम्बोधन

२०७५ भदौ १७ आइतबार, बिहान ९:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । सरकारले गर्न नसकेको काम सहकारीको माध्यमले आर्थिक कारोबार गरेर जीवनमा परिवतर्न गर्न सफल भएको राष्टिय सहकारी वोर्डका अध्यक्ष रामचन्द्र सिंह कुशवाहाले बताउनुभएको छ ।
शनिवार महोत्तरीको गौशालास्थित सेवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको आठौ वार्षिक सधारणसभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष कुशवाहाले सो कुरा बताउनुभएको हो ।
ईमान्दारिता, विश्वास र धैर्यधारणले मात्र सहकारी विश्वसनियता संस्थाको रुपमा स्थापित हुने भएकोले सवैले यसलाई मनन गरि अगाडी बढे यहाँका सहकारी पनि देशमै उत्कृष्ट हुनसक्ने धारणा राख्नुभयो ।
कार्यक्रममा सहकारी संस्था वर्दिवासकी शारदा दाहाल, काशी महतो, राष्टिय सहकारीकी विस्मीता शर्मा, हरिप्रसाद काफले लगायतले सहकारीको सम्बन्धमा चर्चा परिचर्चा गर्नुभएको थियो ।
समारोहकाबीच संस्थाकी कोषाध्यक्ष लिला आले मगरले बार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन । मगरले यसबर्ष शेयर पूँजी लगानी ४ लाख ५६ हजार, जगेडा कोषमा ४ लाख ४७६, अनुदानस्वरुप ७१ हजार १३९ र ऋण नोक्सानी २ लाख ६६ हजार ७५० रहेको जानकारी दिईन ।
वि.सं. २०६८ सालमा स्थापित भएको सो संस्थामा हाल २७६ जना सेयर सदस्य रहेका छन । त्यस्तै गौशाला नगरपालिकाका रजखोर, रामनगर, वेलगाछी, गौशाला क्षेत्रमा गरि २१ वटा समूह संचालित रहेको छन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…