बालिका सोनाली हत्याकाण्ड: महोत्तरीको औरही बजार चार दिनका लागि खुला
साताको आईतवार साँझ ९ महिने शिशुलाई अपहरण र त्यसपछि दुश्कर्म गरी हत्या गरेर फालेको थियो ।

२०७५ भदौ १६ शनिबार, दिउँसो २:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको औरहीमा भएको ९ महिने शिशुसँग दुश्कर्म र हत्यापछि खौलिएको औरहीवासीले ४ दिनको लागि आन्दोलनको स्वरुप परिवर्तन गरिएको छ ।
शिशु सोनाली चौधरी हत्या पश्चात उग्र भएको आन्दोलनलाई ४ दिनको लागि आन्दोलनको स्वरुप परिवर्तन गर्दै स्थानीय प्रशासनलाई ४ दिने अल्टिमेटम दिएको हो । आउँदो २० गतेसम्म अपराधीलाई समात्ने जिम्मा स्थानीय प्रशासनलाई दिएको छ । २० गतेसम्म अर्थात ४ दिनसम्म पनि अपराधीलाई पक्राउ गर्न सकिएन भने २१ गतेदेखि पुन औरही लगायत आसपासका क्षेत्रहरुमा यातायात, पसल, कारखाना बन्द गर्ने निर्णय गरिएको हो ।
महोत्तरी उद्योग वाणिज्य संघका अध्यक्ष श्रवण चौधरीको अध्यक्षतामा बसेको बैठकबाट उक्त अल्टिमेटम दिँदै चेतावनी समेत दिइएको हो । शनिबार आयोजना गरिएको सोनाली चौधरीको शोक सभापछि भएको बैठकबाट उक्त निर्णयहरु गरिएको हो ।
साताको आईतवार साँझ ९ महिने शिशुलाई अपहरण र त्यसपछि दुश्कर्म गरी हत्या गरेर फालेको थियो । अभियुक्तको पहिचान भईसकेको छ भने गाउँबाट फरार रहेको छ ।

यता, ४ दिनभित्रमा पनि स्थानीय प्रशासनले अपराधी समात्न नसकेको खण्डमा स्वयँ फेरी पनि आन्दोलन तीव्र र कडा बनाउने औरही नगरपालिकाका मेयर सुनिल यादवले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…