उपेन्द्र यादवलाई कालो झण्डा देखाउने डा. सिके राउत कार्यकर्ताको हिरासतमै मृत्यू  !!!

 उनीहरुले प्रश्न सोध्न सक्ने भनेर आशंकाकै आधारमा बाहिर बोलाएर पक्राऊ गरिएको थियो ।

२०७५ भदौ १६ शनिबार
बिहान १०:५६ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो, नेपाल । उपेन्द्र यादवलाई कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका डा. सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनका एक नेताको प्रहरी हिरासतमै मृत्यू भएको छ । 

 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् उपप्रधान एवम् स्वास्थ्य तथा जनसँख्या मन्त्री समेत रहेका उपेन्द्र यादवलाई गत भदौ ७ गते बर्दियामा कालो झण्डा देखाएका डा. सिके राउतको स्वतन्त्र मधेस गठबन्धनका नेता राम मनोहर यादवको प्रहरी हिरासतमै मृत्यू भएको हो । 

 

उपप्रधान एवम् स्वास्थ्यमन्त्री यादवलाई गत भदौ ७ गते कार्यकर्ता भेटघाटको क्रममा "शहिदको सपनाको के भयो ?" भनेर प्रश्न गर्दा उनलाई पक्राउ गरी प्रहरी हिरासतमा राखिएको थियो । पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बर्दियामा राम मनोहर यादवलाई राखिएको थियो । 

 


बर्दिया जिल्ला प्रहरीको हिरासतमा रहेका बाँके गनापुर कपासी जानकी गाउँपालिका वडा नं. ६ बस्ने स्वतन्त्र मधेश गठबन्धनका बाँके जिल्लाका नेता राम मनोहर यादवको हिरासतमै मृत्यु भएको हो ।

 

उपचारको क्रममा काठमाडौं लैजाँदै गर्दा भाद्र १५ गते शुक्रबार राती करीब २ बजे बाटोमै मृत्यु भएको थियो । बुधबार राती हिरासतमा हाथखुट्टा नचल्ने भए पछि यादवलाई जिल्ला अस्पताल गुलरियामा भर्ना गरे पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि बिहीबार भेरी अञ्चल अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो।

 


यादव सहित हरपाल सिंह, इरफान शेख र राजितराम वर्मालाई नेपाल प्रहरीले भाद्र ७ गते बिहीबार जिल्ला समन्वय समिति बर्दियाको सभाकक्षमा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री  उपेन्द्र यादवको उपस्थितिमा भएको एउटा कार्यक्रमबाट पक्राऊ गरी राज्यविप्लवको मुद्दामा म्याद थप गरिको थियो ।

 


 उनीहरुले प्रश्न सोध्न सक्ने भनेर आशंकाकै आधारमा बाहिर बोलाएर पक्राऊ गरिएको थियो । सोही क्रममा पक्राउ भएका मध्ये हरपाल सिंह, इरफान शेख र राजितराम वर्मा जिल्ला प्रहरी कार्यालय, बर्दियाको हिरासत गुलरियामै रहेका छन्।

 


यस भन्दा अगाडि, २०७२ साल चैत्र ६ गते नेपालगञ्जको महेन्द्रपार्कबाट समातेर यादव सहित ८ जनामाथि नेपाल सरकारले राज्यविप्लवको मुद्दा चलाएको थियो। सो मुद्दामाथि सुनुवाई गर्दै विशेष अदालतले २०७४ साल फाल्गुण ३ गते सफाई दिएकोथियो । २०७३ साल मंसीर १० गते पनि स्वतन्त्र मधेश गठबन्धनले नेपालगञ्जमा आयोजना गरेको "रंगभेदी दिवस" को अवसरमा यादवलाई नेपाल प्रहरीले गिरफ्तार गरी मंसीर १२ गते मात्रै छोडेको थियो। 

 


२०७४ साल आषाढ़ २ गते पनि स्थानीय निर्वाचन अगाडि नो भोट को प्रचारप्रसार गरेको आशंकामा यादवलाई नेपाल प्रहरीले पक्राऊ गरेको थियो। सो मुद्दामा उच्च अदालत तुलसीपुरको आदेशमा असार १९ गते यादवलाई रिहा गरिएको थियो।

 

प्रहरीले बिना कसूर र आधार पटक पटक पक्राऊ गरी यातना दिने गरेको विषयमा २०७३ साल मंसीर १४ गते यादव सहित चारै जनाले नेपाल राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालाई भेटेर ज्ञापनपत्र समेत दिएका थिए । ३० वर्षीय यादवका २ छोरा र १ छोरी छन् भने बुवाको मृत्यु भइसकेको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

न्यूज ब्यूरो, विराटनगर ।  विराटनगरमा सोरुम फुटाएर कार चोरी गर्ने युवा पक्राउ परेका छन् । विराटनगर महानगरपालिका वडा नम्बर ३ स्थित पिपलचोक क्षेत्रबाट नयाँ कार चोरी भएको जिल्ला प्रहरी कार्यालय

पूरा पढ्नुहोस्

Bureau Menus