नगरपालिका संघको केन्द्रिय सदस्यमा रौतहटबाट ४ चर्चित जनप्रतिनिधी चयन
संघको विधानअनुसार सहमतिमा पदाधिकारीसहित सदस्य बाडफाँड गरिएको हो ।

२०७५ भदौ १५ शुक्रबार, बेलुकी ६:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । देशभरि रहेका नगरपालिकाहरुको छाता संगठन नगरपालिका संघको नया नेतृत्व चयन भएको छ ।
राजधानी काठमाडौँको राष्ट्रिय सभा गृहमा ३ दिन सम्म चलेको राष्ट्रिय भेलाले अशोक बिञ्जु श्रेष्ठको अध्यक्षतामा नया कार्य समितिको चयन गर्दै महाधिवेशन बिहीबार सकेको हो ।
समितिमा रौतहटबाट नेपाल कम्युनिष्ट पार्टीबाट मौलापुर नगरपालिका की मेयर रिना साह सदस्यमा निर्वाचित हुनु भएकी छिन् । यस्तै कांग्रेसको तर्फ बाट परोहा नगरपालिकाको मेयर शेख वकिल, गरुडा नगरपालिकाकी उपमेयर रंगिला देवी जैसवाल र गौर नगरपालिकाका मेयर अजय गुप्ता कार्य समिति सदस्यको रूपमा छानिनु भएको हो ।
राष्ट्रिय जनता पार्टी रा ज पा को तर्फबाट मेयर गुप्ता चुनिन् भएको हो । र समिति मा राजपाको तर्फ बाट उप महासचिबमा जनकपुर उपमहानगरपालिका का मेयर लाल किशोर साह चुनिनु भएको हो ।
धुलिखेल नगरपालिकाका मेयर श्रेष्ठका अध्यक्षतामा ४९ सदस्यीय कार्यसमिति चयन भएको हो । संघको उपाध्यक्षमा बेलकोटगढी नगरपालिका नुवाकोटकी उपप्रमुख कविता ढुङ्गाना, महासचिवमा निलकण्ठ नगरपालिका धादिङका प्रमुख भिमप्रसाद ढुङ्गाना, उपमहासचिवमा जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर शाह, कोषाध्यक्षमा तुलसीपुर उपमहानगरपालिका दाङका मेयर घनश्याम पाण्डे र सहकोषाध्यक्षमा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्की श्रेष्ठ चयन भएकी हुन् ।
अध्यक्ष श्रेष्ठसहित उपाध्यक्ष, उपमहासचिव र कोषाध्यक्ष नेकपाबाट चयन भएका हुन् भने कांग्रेसबाट महासचिव र सहकोषाध्यक्ष छनोट भएका हुन् ।
संघको विधानअनुसार सहमतिमा पदाधिकारीसहित सदस्य बाडफाँड गरिएको हो । राजधानीको राष्ट्रियसभा गृहमा सम्पन्न अधिवेशनको प्रधानमन्त्री केपी ओलीले गत बुधबार उद्घाटन गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…