धनुषामा एक युवकको बेबारिसे शव फेला !
कवारीलाई घाँटी थिचेर हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ ।

२०७५ भदौ १५ शुक्रबार, बिहान ११:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा मृत अवस्थामा एक युवकको शव फेला परेको छ ।
धनुषाको पूर्वीउत्तरी सबैला नगरपालिका वडा नं. ९ स्थित कोल्हुवा मोडमा खेतको आलीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीको प्रारम्भिक जानकारी अनुसार उक्त शव सबैला नगरपालिका वडा नं. १० बस्ने बर्ष २२ आलम कवारीको रहेको छ ।
विहिबार विहानै स्थानीय एक किसान खेतमा जाँदा नहर देखि करिब ५०० मिटरको दुरीमा रहेको खेतको आलीमा कवारीको शव फालिएको देखेपछि प्रहरीलाई खवर गरेको थियो ।
कवारीलाई घाँटी थिचेर हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ । कवारीको घाँटीमा नील डाम देखिएको छ । यस घटनाको बारेमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…