प्रदेश नं. २ मा ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानको औपचारिक शुभारम्भ
समाजिक रुपान्तरणको लागि यो कार्यक्रम कोशेढुंगा सावित हुने विश्वास

२०७५ भदौ १५ शुक्रबार, बिहान ११:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ मा संचालित मुख्यमन्त्री 'बेटी पढाउ बेटी बचाउ' अभियानको आज (शुक्रवार) एक समारोहका बीच औपचारिक शुभारम्भ गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजित एक समारोहका बीच मुख्यमन्त्री लालबाबु राउतले कार्यक्रमको औपचारिक शुभारम्भ गर्नु भएको हो ।
प्रदेश सरकारका मन्त्रीहरु, सभामुख, प्रदेश सभा सदस्य सहितको उपस्थितिमा भएको शुभारम्भ समारोहमा मुख्यमन्त्री राउतले यो कार्यक्रममा मुख्यमन्त्रीको नाउँ जोडिएपनि कार्यक्रममा सबैको सक्रिए सहभागिता आवश्यक रहेको बताउनु भयो ।
उहाँले भौतिक पूर्वाधारको विकासले मात्र समग्र विकास सम्भव नरहेको उल्लेख गर्नु हुँदै समाजिक रुपान्तरणको लागि यो कार्यक्रम कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नु भयो ।
उहाँले बेटी पढाउ बेटी बचाउ कार्यक्रमको सबै तिरबाट साकारात्मक प्रतिक्रिया आइ रहेको बताउनु हुँदै, सबैको सहयोगले कार्यक्रम उचाईमा पुग्ने उल्लेख गर्नु भयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…