सउदी जेलबाटै उमेश भन्छन् - 'पाकिस्तानमा ब्लडमनी बुझाइयो, बाहिर कहिले निस्कन्छु' ?
सम्झौता बमोजिम ३० लाख रुपैयाँ ब्लडमनीको नाममा बुझाइसकेको बुझिएको छ ।

२०७५ भदौ १५ शुक्रबार, बिहान ९:३५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, नेपाल । सउदी अरेबियामा मृत्यूदण्ड सुनाइएका धनुषाका उमेश यादवले जेलबाटै एक भिडियो सन्देश जारी गरेपछि समाजिक सञ्जालमा खलबली मच्चिएको छ ।
जेलबाटै एक भिडियो सन्देश जारी गर्दै उनले पाकिस्तानी परिवारलाई ब्लडमनी बुझाएपनि अहिलेसम्म आफू बाहिर किन नआएको भन्दै सरोकारबालाहरुसँग प्रश्न तेस्र्याउँदै बाहिरी सहयोगको लागि सबैसँग अनुरोध गरेका छन् ।
उमेश बचाउको नाममा एक एनजिओकर्मीले मोटो रकम सँकलन गरेर पाकिस्तानी परिवारसँग गरिएको सम्झौता बमोजिम ३० लाख रुपैयाँ ब्लडमनीको नाममा बुझाइसकेको बुझिएको छ ।
उमेशले फेसबुकमा जारी गरेको भिडियो
उमेशको अन्तिम म्याद १२ मई २०१८ सम्म मात्र भएको भन्दै बचाउ अभियानमा सँलग्न एनजिओकर्मीले देश विदेशबाट ग्रोविँग नेपाल फाउण्डेशनको खातामा लाखौँ रुपैयाँ जम्मा गरेपनि उमेश भने बाहिर नआएपछि स्वयँ उमेश आक्रोसित र विच्चलीमा देखिए ।
दुई हप्तामै सब कुरा हुने आश्वासन दिँदै आएका एनजिओकर्मीले यतिको महिना वितिसक्दा पनि उमेश बाहिर नआएपछि अन्त्यमा उमेशले फेसबुक मार्फत भिडियो सन्देश जारी गरेपछि सहयोगकर्ता, युवाहरुमा खलबली मच्चिएको छ ।
पाकिस्तानमा ब्ल्डमनी पनि बुझाइयो, तर अहिलेसम्म म बाहिर किन निकाल्न सकिएको छैन ? सरोजले पनि दुई हप्ता, दुई हप्ता भनेर आवश्वासन दिन्छ, तर यतिको दिन वितिसक्दा पनि न त एम्बेसीले केही गरेको छ न त कुनै सरोकारबालाले । म यहाँ जेलभित्र धेरै पीडामा छु । तपाईहरुले धेरै सहयोग गर्नुभएको छ , त्यसको लागि आभारी छु र धन्यवाद दिन चाहन्छु । अदालतमा जाँद खाली कानुनभित्रको कुरा गर्छन् , मलाई यहाँबाट छिटो निकाल्नुहोस । घरमा बालबच्चा त्यतिकै छ , मलाई जतिसक्दो बाहिर निकाल्नुहोस । भनेर उमेशले भिडियोमा भनेको छ ।
यता, उमेश बचाउ र ब्लडमनीको नाममा तोकिएको ३० लाख रुपैयाँ पाकिस्तानी परिवारको लागि बुझाइएपछि हालसम्म उमेश नेपाल नर्फिएको भन्दै समाजिक सँजालहरुमा युवाहरुले अभियानमा सँलग्न उपर प्रश्न उठाउन थालेको छ ।
पाकिस्तानी परिवारको लागि रकम बुझाएको यतिको दिन भएपनि अहिलेसम्म उमेश बाहिर नआएपछि र उमेशले भिडियो सन्देश जारी गरेपछि सहयोगकर्ता र आम जनतामा शंका झन बढ्दै गएको छ । उमेशको मुद्दा अहिले सउदी अदालतमा चलिरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…