रौतहटको राजदेवी नपामा कामै नगरी करीब ३८ लाख झवाम्म !
एक वटा बल्बमा ५०० देखि १००० रुपैया सम्म कमिसनको खेल भएको छ ।

२०७५ भदौ १४ बिहीबार, बेलुकी ७:१३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, नेपाल । रौतहटको राजदेवी नगरपालिकामा भ्रष्टाचार र कमिसनको ठूलो उदाहारण फेला परेको छ ।
नगरपालिका भित्र नगर स्तरिय योजनाबाट उपभोक्ता समितिले गरेको पोल बत्ती जडान र खरिद भन्ने शिर्षकमा लाखौं हिना मिना भएको पोल भुक्तानी समबन्धी कागजातबाट खुल्न आएको हो ।
९ वटा वडा मिलेर बनेको सो नगरपालिकामा उपभोक्ता समितीले ३७ लाख ३० हजार ९ सय ९३ रुपैया पोल बत्ती जडान र खरिद भन्ने शिर्षकको लागि छुट्याईएको थियो ।
उपभोक्त समितिले खरिद गरेको र बिल बनाएको रेट र बजारको रेट फरक भएपछि, जडान गरेको सामानहरु नष्ट हुन थालेपछि भ्रष्टाचार र कमिसनको कालो करतुत बाहिर आएको हो ।

उपभोक्ता समितिले स्विट एलइडि लाइट ५२५ वटा ४७६० को दरले २४,९९,००० रुपैया बराबरको खरिद गरेको जनएको छ । तार ९० क्वाईल १६५६ का दर १,४९,०४० स्विच ५२५ वटा ३० रुपैया को दरले १५,७५० र पाइप ५२५ वटा ८२५ का दरले ४,३३,१२५ गरी कुल भ्याट सहित ३४ लाख ९९ हजार ५ सय १३ रुपैया ९५ पैसाको बिल पेस गरी काम बापतको भुक्तानी लिएको छ ।
तर कार्यदेश पाएको उपभोक्ता समितिले जडानको नाममा ज पनि नगरी कार्यालय प्रमुख मनोज रजक र लेखापाललाई कमिसनको जालमा पारी भुक्तानी लिएपछि स्थानीयहरुले आरोप लगाएका छन् । श्रेष्ठ बिजुली पसल गौर रौतहटबाट खरिद गरिएको स्वीट एलइृडी लाईट, तार, स्विच, पाइप जस्ता उपकरण लगाएको महिनौ नबित्दै जल्ने, फ्युज हुने क्रममा वृद्घि भएपछि सर्वत्र आलोचना र आक्रोशको विषय बनेको छ ।

बिल भरपाइ गरी कागज मै सकिएको जस्तो लागेको यो योजना को कामको प्रभावकारी रुपले चेकजाच नगरी पैसाको लोभमा भुक्तानी गरिएकोले यसबारे समबन्धीत निकायले ध्यानदिनु जरुरी रहेको स्थानीय युवा संजीत गिरीले जोरदार माग गरे ।
यो योजना को काम नगरपालिकाको कतिपय वडामा हुदै नभएको अर्का युवा नविन सिंहले बताए । बिल र स्टीमेट बराबर गरी कागजी रुपमा भुक्तानी लिएको अवस्था छ । एक वटा बल्बमा ५०० देखि १००० रुपैया सम्म कमिसनको खेल भएको छ ।
जनताले भने केही सुख पाएको छैनौ । अन्धयारोमा थियौ अहिले पनि अन्धयारोमै छौ । हामी समबन्धीत निकायलाई गुहारर्छौ सिंहले आक्रोश पोखे । लगाईएको स्विच बल्ब र अन्य सामाग्री नक्कली र गुणस्तरहिन छ ।
यसको चेकजाच हुनुपर्छ । होईन भने हामी जनता चुप लागेर बस्दैनौ सिंहले थपे । यसबारे कार्यालय प्रमुख मनोज रजक संग कुरा गर्दा उपभोक्ता सहितिले राम्ररो काम गरेकोले मुल्याङ्कन गरी भुक्तानी दिएको स्विकारेका छन् । नगरपालिका पक्ष र उपभोक्ता पक्ष बिच २ वर्ष सम्म को लागि लागेको बल्ब वा मर्मत सामाग्री केही भएमा पुःनह मर्मत गर्ने सर्त रहेको उनले बताए ।
तर पूरै पैसा भुक्तानी दिनु कतिको जायज थियो ठूलो सोचनीय विषय बनेको स्थानीय पप्पु यादव बताउछ । रजकले आफू ठूलो ईमानदार र लगनशिल कर्मचारी बताउदै आएतापनि यस्तो करिब दर्जनौ योजनाको काम कागज मै भएतापनि कमिसनको लोभमा भुक्तानी गरेको यादवको भनाई छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…