प्राथमिक स्वास्थ्य केन्द्र धारासाही, उपचारको अभावमा दम तोडछन सर्वसाधारण
उपचारको अभावमा कैयौँ सर्वसाधारण विरामी दम तोडिसकेका छन् ।

२०७५ भदौ १४ बिहीबार, बेलुकी ७:०३ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, नेपाल । धनुषामा एक यस्तो प्राथमिक स्वास्थ्य केन्द्र जुन की १० वर्षदेखि भवन निर्माण हुन सकेको छैन ।
विगत १० वर्षदेखि भवन निर्माणको कार्य सुरु गरिएपनि हालसम्म त्यो पूरा हुन सकेको छैन । धनुषाको पर्यटकीय स्थल एवम् जिल्लाको मुटु मानिने धनुषाधाममा स्थापित प्राथमिक स्वास्थ्य केन्द्र धनुषाधामको भवन विगत १० वर्षदेखि घरासाही बनेको छ ।
धनुषाधाम बजारमै निर्माणधीन रहेको उक्त अस्पतालको भवन १० वर्षदेखि निर्माणधीन र अलपत्र रहेपनि स्थानीय सरोकारबाला र ठेकेदारले खासै चासो लिएका छैनन् ।प्राथमिक स्वास्थ्य केन्द्रमा सैयाको अभावमा दिनहुँ जसो गरिब सर्वसाधारणलाई जनकपुर वा त्यहाँभन्दा बाहिर लैजानुपर्ने बाध्यता छ । उपचारको अभावमा कैयौँ सर्वसाधारण विरामी दम तोडिसकेका छन् ।
सानै भवन भएपनि सँचालनमा रहेको प्राथमिक उपचार केन्द्र (पुरानो) मा चिकित्सकले सकेसम्म उपचार गरेपनि आधुनिक मेसिन र अन्य भौतिक पूर्वाधारको अभावमा विरामीहरु उपचारको लागि टाढा रिफर हुन बाध्य भएका छन् भने समयमै उपचार सम्भव नहुँदा ज्यान पनि जाने गरेको छ ।
उक्त प्राथमिक उपचार स्वास्थ्य केन्द्रमा दिनहुँ जसो ७०/८० जनाको हाराहारीमा विरामी आउने गरेको छ । धनुषाधाम नगरपालिका सहित आसपासका नगरहरुको लागि नजिक भएको अल्पसँख्यक, सीमान्तकृत, दलित र अति विपन्नको लागि सँजीवनी मानिएको उक्त उपचार केन्द्रको भवन अभाव र भौतिक पूर्वाधारको अभावले जीर्ण र धरासाही बनेको छ ।
डिविजन कार्यालयको मातहतमा १५ सैयाको अस्पताल सँचालको लागि नेपाल सरकार भवन निर्माणद्धारा अनुदान गरिएको छ । उक्त भवन निर्माणको जिम्मा स्थानीय रोशन कन्स्ट्रक्सनको ठेक्कामा निर्माणधीन रहेको छ ।
ठेक्का गएको वि.स. २०६५ सालमै लिएको थियो । २ वर्षको अवधिमा भवन निर्माण गरेर दिने सम्झौता भएपनि १० वर्षसम्म भवन निर्माणधीन भएकोक कारण अस्पताल सँचालन हुन नसकेको स्थानीय शँकर यादवले बताए ।
उक्त कन्स्ट्रक्सन कम्पनीले २०६७ सालसम्म भवन पूर्णरुपमा दुरुस्त गरी दिनुपर्ने सम्झौता भएको थियो । तर ठेकेदारको लापरवाही र भ्रष्ट कर्तुतका कारण आम विपन्न जनताको ज्यान जाने गरेको छ ।
यता, धनुषाधाम नगरपालिकाको मातहतमा रहेको उक्त अस्पताल स्थानीय तह सँचालन भएपनि नगर प्रमुखले समेत खासै चासो नदिएका कारण भवन निर्माण पूर्ण हुनुभन्दा अघि नै जिर्ण बन्न थालेको छ ।
"नगरपालिका मेयर बालेश्वर मण्डलले, यो सरासर ठेकेदारको चरम लापरवाही हो, स्थानीय तह अन्तगर्तत परेपछि हामीले पत्र काटिसकेको छौँ, अल्टिमेटम समेत दिसकेका छौँ, समयमा पूर्ण गरेन भने कारवाहीको लागि तयार बस्न पनि चुनौति दिसकेका छौँ । त्यसपछि नगरले आफ्नो मातहतमा निर्णय लिनेछ । आम जनताको जीवनसँग खेलवाड गर्ने हक कसैलाई पनि छैन ।" उनले भने ।
१० वर्षमा समेत भवन निर्माण नभएपनि र सयौँ जनता मृत्यूको मुखमा धकेलिएपनि त्यस कन्स्ट्रक्सन विरुद्ध बोल्ने आँट भने आजसम्म कसैले गर्न सकेको छैनन् ।प्राथमिक उपचार अभावमा कैयौँ आम जनताले ज्यानको आहुति दिएपनि आफूलाई बुद्धिजीवी, सरोकारबाला, अगुवा, नागरिक समाज भनाउँदाहरुले ठेकेदार विरुद्ध बोल्ने हिम्मत गरेका छैनन् ।
धनुषाधाम नगरपालिका सहित आसपासका नगरपालिकाहरुको लागि समेत सँजीवनीको रुपमा साबित हुन सक्ने उक्त अस्पताल निर्माणपछि स्थानीय स्तरमै प्राथमिक उपचार सम्भव हुनेछ र कैयौँ गरिबको ज्यान जोगिने छ, तर ठेकेदारको चरम लापरवाही विरुद्ध अब हामी कडा कदम उठाउँछौँ । आम जनताको ज्यानको सबाल हो । नगर स्वास्थ्य सँयोजक शैलेन्द्र यादवले आक्रोस पोखे ।
यस्तै, उक्त अस्पतालमै दरबन्दी भएकी अनमी मँजु यादवले समेत २० वर्षदेखि बाहिरै बाहिर बसेकाले झन समस्या भएको भन्दे काज बाहिरबाट यही बस्नु बेश भएको बताइएको छ ।
अस्पतालमा खटाइएको दरबन्दीका कर्मचारीहरुले अस्पतालमा नबसे यसको जिम्मेवार स्वयँ कर्मचारीहरु हुने स्थानीयहरुले चेतावनी दिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…