हार टार्न संघर्षरत नेपालले आठौं विकेट गुमायो
न्यूज ब्यूरो, काठमान्डौँ । एसिया कप छनोट क्रिकेटमा युएईले दिएको २५५ रनको चुनौती पछ्याएको नेपाल हार टार्न संघर्षरत छ । तर, लगातार विकेट गुमाएका कारण खेलमा फर्कन सकेको छैन । नेपालले आठौं विकेटका रुपमा ३९।५ ओभरमा दिपेन्द्रसिंह एेरीलार्इ गुमाएको छ । उनी व्यक्तिगत ४० रनमा आउट भएका हुन् । ४० ओभरको खेल चलि

२०७५ भदौ १४ बिहीबार, दिउँसो ४:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । एसिया कप छनोट क्रिकेटमा युएईले दिएको २५५ रनको चुनौती पछ्याएको नेपाल हार टार्न संघर्षरत छ ।
तर, लगातार विकेट गुमाएका कारण खेलमा फर्कन सकेको छैन । नेपालले आठौं विकेटका रुपमा ३९।५ ओभरमा दिपेन्द्रसिंह एेरीलार्इ गुमाएको छ । उनी व्यक्तिगत ४० रनमा आउट भएका हुन् । ४० ओभरको खेल चलिरहँदा नेपालले ८ विकेटको क्षतिमा १४३ रन बनाएको छ । बिहीबार नेपालका सुवास खकुरेलले अर्धशतक बनाए पनि अरु ब्याट्सम्यान चल्न सकेका छैनन् ।
पहिलो खेलमा ८३ रनको अविजित पारी खेलेका सागर पुनसँगै कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल सस्तैमा आउट भएका छन् । पारसले १६, उपकप्तान ज्ञानेन्द्रले ४ र सागरले ३ रन बनाए ।
आरिफ शेख ३ रनमा आउट हुँदा करण केसीले खाता नै खोल्न सकेनन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५४ रन बनाएको थियो ।
क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा युएईले उत्ृकष्ट सुरुवात गरेको थियो । युएईका लागि चिराग सुरीले ६५, अद्नान मुफ्तीले अविजित ५७, अश्फाक अहमदले ४५ र र रमिज शाहजादले ३६ रन बनाए ।
सन्दीपले पूरै १० ओभर बलिङ गर्दै २ ओभर मेडन राख्दै २४ रन खर्चेर ४ विकेट लिन सफल भए । त्यस्तै, नेपालका लागि बसन्त रेग्मी र सोमपाल कामीले समान २÷२ विकेट लिए ।
बसन्तले १० ओभर बलिङ गर्दै ४९ रन खर्चेर २ विकेट लिए । सोमपालले १० ओभर बलिङ गर्दै ५८ रन खर्चेर २ विकेट लिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…