धनुषामा आलीको लागि विवाद हुँदा कोदालो प्रहार, ७ जना गम्भिर !!!
गम्भिर घाईते ७ जनालाई स्थानीय क्लीनिकमा प्राथमिक उपचारपछि थप उपचारको लागि विराटनगर न्यूरो हस्पिटल रिफर !

२०७५ भदौ १४ बिहीबार, दिउँसो १२:५४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, नेपाल । धनुषामा खेतको आलीको लागि विवाद हुँदा दुई पक्षबीचको झडपमा कोदालो प्रंहार गरिएको छ ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ४ लक्ष्मीपुर टोलमा विहान करिब ८ः३० बजे खेतको आलीको लागि विवाद हुँदा कोदालो प्रहारले ७ जना गम्भिर घाईते भएका छन् ।
घाईते हुनेहरुमा धनुषाधाम वडा नं. ४ लक्ष्मीपुर बस्ने बर्ष ५५ को किसुन यादव, उनका श्रीमती वर्ष ४० की रामझरी देवि , जेठो छोरा बर्ष २५ को इन्द्रजित यादव , कान्छो छोरा बर्ष १६ को पुरुषोतम यादव रहेका छन् ।

किसुनलाई दायाँ हातमा कोदाली प्रहारले गहिरो चोट लागेको छ भने उनको श्रीमतिलाई बाँया हात र टाउकोमा गम्भिर चोट लागेको छ । उनको जेठो छोरा ईन्द्रजीतलाई टाउकोमा गहिरो चोट लागेर गम्भिर घाईते भएका छन् भने कान्छो छोरा पुरुषोत्तमलाई समेत टाउकोमा गहिरो चोट लागेर अवस्था गम्भिर रहेको उपचारमा सँलग्न धनुष मेडिकल हलका चिकित्सकहरुले जनाएको छ ।
खेतको आली काटछाँट गरेको भन्दै स्थानीय किसुन यादव र जीतन यादवबीच विवाद चल्दै आएको थियो । विहिबार विवाद उग्र हुँदा द्धिपक्षिय कोदालो प्रहार भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
झडपको क्रममा जीतन पक्षबाट वर्ष ७४ को जितन यादव स्वयम, उनका श्रीमति श्रीमती वर्ष ७० की जयाबती यादव, जेठो छोरा बर्ष ४८ को देबनारायन यादव र उनको श्रीमति बर्श ३५ की सोबिता देवि यादव ,कान्छो छोरा वर्ष ४० को सत्यनारायण यादव तथा उनको श्रीमती कबिता देवि घाईते भएको जनाइएको छ ।

जीतनलाई बाँया हातमा चोट लागेको छ भने उनकी श्रीमति जयाबत्तिलाई समान्य तथा उनको जेठो छोरा देबनारायणलाई बाँया हातमा चोट, उनको श्रीमति सोबितालाई टाउको फुटेको छ भने कान्छो छोरा सत्यनारायणको समेत टाउको फुटाएको छ र उनकी श्रीमति कबितालाई टाउकोमा गम्भिर चोट लागेको जनाइएको छ ।

गम्भिर घाईते ७ जनालाई स्थानीय क्लीनिकमा प्राथमिक उपचारपछि थप उपचारको लागि विराटनगर न्यूरो हस्पिटल रिफर गरिएको जनाइएको छ । किसुन पक्षबाट ४ जना तथा जीतन पक्षबाट ३ जनालाई गम्भिर चोट लागेकोले सातै जनालाई विराटनगर रिफर गरिएको छ ।
समान्य घाईतेहरुलाई स्थानीय स्तरमा उपचार भईरहेको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…