मारवाडी समुदायलाई प्रदेश २ मा लगानी गर्न मुख्यमन्त्री राउतको आह्वान
समृद्ध नेपाल खुशी नेपालीको सपना प्रदेश नं. २ को समृद्धिले मात्र पुरा हुने बताउनु हुँदै मुख्यमन्त्री राउतले प्रदेशको समृद्धिको लागी सबैलाई एकजुट भएर अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

२०७५ भदौ १३ बुधबार, बेलुकी ५:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
सिरहा, १३ भदौ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मारवाडी समुदायलाई प्रदेश नं. २ मा लगानी गर्न आह्वान गर्नु भएको छ । बुधबार लहानमा आयोजित नेपाल राष्ट्रिय मारवाडी परिषदको १५ औं वार्षिक साधारण सभालाई उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेशको समृद्धिको लागि मारवाडी समुदायको सहयोग आवश्यक रहेको बताउँदै प्रदेश २ लागानी गर्न आह्वान गर्नुभएको हो ।
प्रदेश सरकार उद्योग मैत्री वातावरण निर्माण गर्न कदम चाली सकेको उल्लेख गर्नु हुँदै उहाँले लगानी सुरक्षाको चिन्ता नगर्न समेत आग्रह समेत गर्नुभयो । प्रदेश प्रहरी गठन भए लगतै सुरक्षाको जिम्मेवारी प्रदेश सरकारको मातहतमा आउने भएकाले उद्योगी व्यवसायीलाई सुरक्षाको पूर्ण ग्यारेन्टी दिइने उहाँले बताउनुभयो ।
समृद्ध नेपाल खुशी नेपालीको सपना प्रदेश नं. २ को समृद्धिले मात्र पुरा हुने बताउनु हुँदै मुख्यमन्त्री राउतले प्रदेशको समृद्धिको लागी सबैलाई एकजुट भएर अघि बढनु पर्ने उल्लेख गर्नुभयो ।
प्रदेशमा संचालित बेटी पढाउ, बेटी बचाउ र मुख्यमन्त्री स्वच्छता अभियानमा समेत आ–आफनो ठाँउबाट सहयोग गर्न आग्रह गर्नु हुँदै मुख्यमन्त्री राउतले समाजिक रुपान्तरण आजको प्रमुख आवश्यकता रहेको बताउनुभयो ।
नेपाल राष्ट्रिय मारबाडी परिषदका अध्यक्ष पवन मित्तलको अध्यक्षतामा भएको उद्घाटन सत्रमा संघीय सांसद पद्मनारायण चौधरी, प्रदेश नं. २ का मुख्यन्यायधिवक्ता दिपेन्द्र झा सहितका वक्ताहरुले नेपालको राजनीतिक आन्दोलन र आर्थिक समृद्धिमा मारवाडी समुदायले खेलेको भूमिका बारे चर्चा गर्नुभएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…