‘बीग बोस’बाट सलमानले हटाए ‘कण्डोम’को विज्ञापन
नायक करण ग्रोवर र नायिका विपशा वासुले बिहेपश्चात एक विज्ञापनमा काम गरेका छन् । एक कण्डोम कम्पनीको विज्ञापनमा यी दुइले मोडलिङ गरे । जुन अहिले टेलिभिजनमा खुबै बज्ने गरेको छ । यो विज्ञापनमा करण र विपाशा आलिङ्गनमा वाँधिएका छन् । उक्त कण्डोमको विज्ञापन आएपछि धेरैले टीभी च्यानल पनि परिवर्तन गर्ने गर्छन् ।

२०७४ मंसिर २५ सोमबार, राति १२:३८ बजे१ मिनेट पढाइ

नायक करण ग्रोवर र नायिका विपशा वासुले बिहेपश्चात एक विज्ञापनमा काम गरेका छन् । एक कण्डोम कम्पनीको विज्ञापनमा यी दुइले मोडलिङ गरे । जुन अहिले टेलिभिजनमा खुबै बज्ने गरेको छ । यो विज्ञापनमा करण र विपाशा आलिङ्गनमा वाँधिएका छन् ।
उक्त कण्डोमको विज्ञापन आएपछि धेरैले टीभी च्यानल पनि परिवर्तन गर्ने गर्छन् । सोही, विज्ञापन नायक सलमान खानले ‘बीग बोस’बाट हटाइदिएका छन् ।
यो शोको संचालक रहेका सलमानले पारिवारिक शोमा यस्तो विज्ञापन बज्दा अपाच्य हुने भन्दै हटाउन लगाएका हुन् ।
सलमानले कलर्स च्यानलाई यो विज्ञापन हटाउन सुझाव दिएका थिए । सलमानको सुझाव अनुसार नै कलर्सले यो विज्ञापन शोबाट हटाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…