चिर्पटले हानेर हत्या, प्रहरीको अनुसन्धान जारी
बेँसीशहर, लमजुङ, १९ मंसिर : लमजुङमा चिर्पटले हानेर एकजनाको हत्या भएको छ । राइनास नगरपालिका–९ कुँडुलेका हितमान श्रेष्ठको हत्या भएको हो । सोही गाउँका ३६ वर्षीय बेलबहादुर गुरुङले श्रेष्ठको हत्या गरेको प्रहरीले जनाएको छ । गत ११ गते सोमबार साँझ एकापसमा झगडा भएपछि गुरुङले चिर्पटले हान्दा श्रेष्ठ गम्भीर घा

२०७४ मंसिर २० बुधबार, राति १२:२६ बजे१ मिनेट पढाइ

बेँसीशहर, लमजुङ, १९ मंसिर : लमजुङमा चिर्पटले हानेर एकजनाको हत्या भएको छ । राइनास नगरपालिका–९ कुँडुलेका हितमान श्रेष्ठको हत्या भएको हो । सोही गाउँका ३६ वर्षीय बेलबहादुर गुरुङले श्रेष्ठको हत्या गरेको प्रहरीले जनाएको छ ।
गत ११ गते सोमबार साँझ एकापसमा झगडा भएपछि गुरुङले चिर्पटले हान्दा श्रेष्ठ गम्भीर घाइते हुनुभएको थियो । गम्भीर घाइते श्रेष्ठलाई उपचारको लागि जिल्ला सामुदायिक अस्पताल बेँसीशहर ल्याइएको थियो ।
जिल्लामा उपचार हुन नसकेपछि श्रेष्ठलाई पोखरा लगिएको र पोखराबाट पनि थप उपचारको लागि काठमाडौँको न्यूरो अस्पताल लगिएको थियो । काठमाडौँमा उपचारकै क्रममा सोमबार श्रेष्ठको मृत्यु भएको हो । श्रेष्ठ स्थानीय रत्न प्राविका पूर्व प्रधानाध्यापक हुनुहुन्थ्यो ।
श्रेष्ठको मृत्युपछि अभियुक्त गुरुङ फरार छन् । फरार अभियुक्तको खोजी कार्य तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…