समाजिक परिचालक संघद्धारा चर्को नारावाजी सहित मुख्यमन्त्री कार्यालय घेराउ
मुख्यमन्त्री कार्यालय गेट अगाडी व्यापक सँख्यामा प्रहरी परिचालन गरिएको छ ।

२०७५ भदौ १३ बुधबार, बिहान ११:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, नेपाल । समाजिक परिचालक सँघले आफूलाई काममा पुनः फर्काउनुपर्ने भन्दै बुधबार पुनः मुख्यमन्त्री कार्यालय घेराउ गरेका हुन् ।
प्रदेश सरकार होसियार, हाम्रो माग पुरा गर, स्थानीय तहमा हाम्रो समावेशी गर मूल नारा सहित प्लेकार्ड बोकेका पूर्व समाजिक परिचालकहरुले मुख्यमन्त्री मो. लालबाबू राउतको कार्यालय घेराउ गरेका हुन् ।
जनकपुरधामको पीडारीचोकबाट निकालिएको नारा जुलुस मुख्यमन्त्री कार्यालय अगाडी गएर प्रदर्शन गरिरहेका छन् ।विगत १७ दिनदेखि निरन्तर आन्दोलनमा रहेका प्रदेश नं. २ का समाजिक परिचालकहरुले आफूहरु बेरोजगार भएको तथा लोकसेवा लडने उमेर समेत कटिसकेको भन्दै प्रदेश सरकारसँग पुनः स्थानीय तहमै समावेशको लागि चरणवद्ध आन्दोलन सहित माग गर्दै आएका छन् ।
मँगलबार मात्र आन्दोलनमा उत्रेका समाजिक परिचालहरुलाई मुख्यमन्त्रीको कार्यालय गेट अगाडीबाट २५ जनालाई पक्राउ गरिएको थियो । पक्राउ गरिएका उनीहरुलाई ७ घण्टापछि रिहा गरिएको समाजिक परिचालक संघ संघर्ष समितिका अध्यक्ष सुबोध यादबले बताए । अध्यक्ष यादवले आफूहरुलाई स्थानीय तहमा समावेश नगरेसम्म आन्दोलन जारी राख्ने बताए ।
मुख्यमन्त्री कार्यालय गेट अगाडी व्यापक सँख्यामा प्रहरी परिचालन गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…