महोत्तरीको सदरमुकाम जलेश्वरबाट १४ वर्षीय बालक बेपत्ता !
शिशु अपरहण गरी हत्या गरेको काण्ड २४ घण्टा नबित्दै बालक बेपत्ता भएपछि खलबली मच्चिएको छ ।

२०७५ भदौ १२ मंगलबार, बेलुकी ७:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, नेपाल । महोत्तरीको सदरमुकाम जलेश्वर मा विद्यालय जाने क्रममा बाटो बाट एक बालक महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको मटिहानी चोकबाट बेपत्ता भएका छन् ।
धनुषा जिल्लाको नगराइन नगरपालिका–२ का १४ वर्षीय बालक हेमन्तकुमार चौधरी सोमबार आफ्नो घरबाट जलेश्वर नगरपालिका–९ परिकौलीमा अवस्थित दामोदर एकेडमीमा पढ्नका लागि आइरहेका बेला बेपत्ता भएका हुन् ।
बेपत्ता विद्यार्थीको खोजीका लागि विशेष अभियान चालेको तथा उनको खोजतलाश व्यापक रुपमा भइरहेको जनाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…