नेपाल राष्ट्र बैँक जनकपुरमा लगाइएको प्रदेश सरकारको ताला यथावत
जनकपुरस्थित नेपाल राष्ट्र बैंकको कार्यालय पुगेर तालाबन्दी गर्दै साँचो आफनो नियन्त्रणमा लिएका छन् ।

२०७५ भदौ १२ मंगलबार, बिहान ८:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, नेपाल । प्रदेश नं. २ प्रदेश सरकारको निर्णय अवज्ञा गरेको भन्दै प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले आईतवार राष्ट्र बैंक गरेको तालाबन्दी यथावत रहेको छ । आजको न्यूजपेपर दैनिकमा समाचार छ ।
प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरेर भदौ १० गते रक्षाबन्धन तथा जनैपूर्णिमाको बिदा घोषणा गरे पनि संघीय सरकार मातहतका कार्यालयहरूले अवज्ञा गर्न थालेपछि प्रदेश सरकार आक्रमक हुदै तालाबन्दी गरेको थियो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री यादव आफैँ जनकपुरस्थित नेपाल राष्ट्र बैंकको कार्यालय पुगेर तालाबन्दी गर्दै साँचो आफनो नियन्त्रणमा लिएका छन् । संविधानले प्रदेश सरकारलाई विदा दिने अधिकार दिए पनि संघीय सरकार मातहतका कार्यालयहरूले अटेरी गरेपछि बाध्य भएर तालाबन्दी गर्नु परेको मन्त्री यादवले बताए ।
उनले प्रदेश सरकारको निर्णयलाई अटेरी गर्ने जुन सुकै कार्यालयमा तालाबन्दी गर्नेदेखि लिएर कानुनी उपचारसमेत खोजिने बताएका छन् ।
भदौ १ गते लागू भएको देवानी कार्य्विधि संहिताको दफा ५१ को स्पष्टीकरणले प्रदेश सरकारले समेत सार्वजनिक विदा दिन सक्ने स्पष्ट कानुनी व्यवस्था गरेको भए पनि यो कानूनी प्रावधानलाई प्रदेशअन्तर्गत रहेका संघीय कार्यालयहरूले उल्लंघन गरेकोले बाध्यकारी रूपमा प्रदेश सरकार कानुन कार्यान्वयन गराएको हो । न्यूजपेपर दैनिकले समाचार छापेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…