मुख्यमन्त्री मो. लालबाबू राउतले शहिद परिवारसँग मनाए रक्षाबन्धन
मुख्यन्त्री राउत शहिद परिवारको हातबाट रक्षा बन्धन पर्व मनाएपछि भावुक नै भएका थिए ।

२०७५ भदौ १० आइतबार, दिउँसो ४:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, १० भदौ । भाईबहिनीबीचको प्रेम प्रतिकको रुपमा प्रसिद्ध रक्षाबन्धन पर्व प्रदेश - २ का मुख्यमन्त्री मो. लालबाबू राउतले शहिद परिवारसँग मनाएका छन् ।
मधेस आन्दोलनको क्रममा सहादत दिएका शहिद परिवारका सदस्यहरुबाट मुख्यमन्त्री राउतले रक्षा धागो लगाएका हुन् ।मधेस आन्दोलनको क्रममा शहिद भएकी राधिका देवी दासकी छोरी शिव कुमारी दासले मुख्यमन्त्री राउतको हातमा राखी बाँधिन् ।
यसका साथै राजयोग केन्द्रका सदस्य दिदीहरुले समेत मुख्यमन्त्री राउतलाई रक्षा बाँध बाँधेकी थिइन् । मुख्यन्त्री राउत शहिद परिवारको हातबाट रक्षा बन्धन पर्व मनाएपछि भावुक नै भएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…