अभिनेत्री परमिताले खोलिन् फेसन ब्रान्ड
पछिल्लो समय कलाकार अभिनयको अलवा व्यापार व्यवसाय पनि सक्रिय रहन थालेका छन् । यस्तैमा चलचित्र ‘चपली हाइट २’की अभिनेत्री परमिता राणा पनि व्यवसायमा देखिने भएकी छन् । ‘फेसन ब्रान्ड नायला’ मार्फत उनी ब्यवसायमा देखिन लागेकी हुन् । राजधानीका एक औपचारिक कार्यक्रम सहित उनले यो फेसन ब्राण्ड लन्च गरेकी हुन् । ‘

२०७४ मंसिर २५ सोमबार, राति १२:२० बजे१ मिनेट पढाइ

पछिल्लो समय कलाकार अभिनयको अलवा व्यापार व्यवसाय पनि सक्रिय रहन थालेका छन् । यस्तैमा चलचित्र ‘चपली हाइट २’की अभिनेत्री परमिता राणा पनि व्यवसायमा देखिने भएकी छन् ।
‘फेसन ब्रान्ड नायला’ मार्फत उनी ब्यवसायमा देखिन लागेकी हुन् । राजधानीका एक औपचारिक कार्यक्रम सहित उनले यो फेसन ब्राण्ड लन्च गरेकी हुन् ।
‘अहिले न्यूयोर्क र लस एन्जल्सको शैली आत्मसाथ गरेर त्यसलाई नेपाली स्टाइलमा ढालेर विक्री थालेका छौं’ उनी भन्छिन्, ‘बजारको चल्ती, स्टाइलभन्दा भिन्न डिजाइन तयार पारेर ग्राहकको मन जित्नुमा नायला लक्षित हुनेछ ।’
अहिले सर्ट, पाइन्ट र ज्याकेट उत्पादन गरिरहेको ब्रान्ड निकट भविष्यमा लेदर उत्पादनमा पनि सक्रिय हुने भएको छ । लुगासँगै एक्सेसरिजमा पनि ब्रान्डलाई अघि बढाउने सोच छ ।
४ हजारदेखि सात हजारसम्मको मूल्यमा ग्राहकले नायलाका उत्पादन खरिद गर्न सक्ने छन् ।
अभिनयको अलवा मोडलिङ र गायनमा समेत सक्रिय उनले कार्यक्रममा आफ्नै स्वरमा अंग्रेजी हिट नम्बर समेत गाएकी छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…