सिरहा अपहरण काण्डः अपहरित कारीदेविको लाश गाडिएकोे अवस्थामा फेला
लाश पुर्बपश्चिम राजमार्गमा राखेर प्रदर्शन गर्ने तयारी गरीएको बताईएको छ ।

२०७५ भदौ ९ शनिबार, दिउँसो १२:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
सिरहा, ०९ भदौ । सिरहाबाट अपहरित एक महिलाको लाश गाडिएको अवस्थामा फेला परेको छ । सिरहाको गोलबजार नगरपालिका १० बाट गत दुई सातादेखि अपहरित ५५ वर्षिय कारीदेवी यादवको लाश बरामद गरिएको हो ।
गत साउन २५ गते अपहरित महिलाको लाश नरहा गाँउपालिका वडा नं. १ स्थित बासघारीमा गाडिएको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । लाश पुर्बपश्चिम राजमार्गमा राखेर प्रदर्शन गर्ने तयारी गरीएको बताईएको छ ।
गएको साउन २५ गते बेलुका आठ बजेको समयमा कारीदेवीलाई ‘भतिजो (दिदीको छोरा) विरामी छ, छिटो हिड’ भन्दै अपरिचित व्यक्तिले मोटरसाइकलमा चढाएर लगेको थियो ।
स्थानीयका अनुसार वर्षदिनअघि निधन भएका ससुराका नाममा जेठाजुले लुकाएको १६ कट्ठा १६ धुर जग्गामा अंश दाबीसहित कारीदेवीले सिरहा जिल्ला अदालतमा अंश मुद्दा दायर गरेकी थिइन् । उनी मुद्दा जितेपछि जेठाजु र जेठाजुका छोराले कुटपिट गर्नुका साथै जग्गाका लागि दबाब दिँदै आएको जनाइएको छ । तर, उनी जग्गा नलिई नछाड्ने अडानमा बसेपछि अपहरणमा परेको स्थानीयको दाबी छ ।
यता, आक्रोशित स्थानीयले भने कारीदेवी अपहरणमा परेको १० दिनपछि आरोपित जेठाजु रामदेव यादव र उनका छोरा लक्ष्मण यादवलाई नियन्त्रणमा लिई गोलबजार प्रहरीलाई बुझाएका थिए । स्थानीयले उनीहरूलाई नियन्त्रणमा लिई बुझाएपछि उनीहरूमाथि जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
कारीदेवीको खोजीमा प्रहरीले तदारुकता नदेखाएको भन्दै स्थानीयबासीले गत मंगलबार पूर्वपश्चिम राजमार्गको चोहर्वा बजारमा सडक अवरुद्ध समेत गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…