सरकार मलाई पनी गोली हान , तिम्रो क्रुर शासनमा किन बाँच्ने ?
आम जनता न्याकोलागी आशाबाधी भएर बस्छन । तर न्यालय पनी राजनितिक आड़मै चल्छ ।

२०७५ भदौ ९ शनिबार, बिहान १०:१९ बजे३ मिनेट पढाइ

बलात्कार : कसैको मन्जुरी बिना करकाप, डर, धम्कि वा बल प्रयोग गरि जबरजस्ति गरिने यौनसम्पर्कलाई भनिन्छ । तर बिडम्बना यो मेरो देशको जहा बिगत एक बर्ष देखि को बलात्कार को घटना हेर्ने हो भने जो कोही पनी, आफुलाई असुरक्षित ठान्छ ।
जनकपुर उपमहानगरपालिकामा रहेको जिल्ला प्रहरीको बिभाग महिला तथा बालबालिका सेलको रेकड हेर्ने हो भने अचम्मित रहनुहुने छ ।
जबरजस्ती करणी मुद्धा २०७४/७५ मा कुल १४ ओटा परेको छ र यो केहि पात्र मुद्दा मात्र हुन । सयौ धटना मध्ये २५ ५ घटना बाहिर आउने गर्छ र त्यों मध्ये पनी कही घटना डर र धाक धम्की दिइ फिर्ता लिन लगाइन्छ ।
यो तथ्यांक अनुसार अनुमान लगाउने हो भने नेपालको ७७ औ जिल्ला मा १०७८ औटा ज.ज.क.मु हालेको देखिन्छ । यी मुद्दा संग संगै बिभिन्न तरिकले गरेको अनुसन्धान हेर्ने हो भने केही मुद्दा मात्र फौसला भएको छ र केहीको अपराधी फरार सुचिमा राखेर प्रहरी मौन बस्ने गरेको छ ।
आज भोली बिहान उठना साथ समाचरको एउटा खण्ड बलात्कार को खबरले भरिएको हुनेगर्छ । येही बलात्कार बिरुद्ध देशमा बिभिन्न समूहले खबरदारी र न्यायिक रैली निकाल्ने गरेका छन । तर पनी हामी अनुमान लगाउन सक्छौ की सरकार पक्ष कानमा तेल हालेर बसेका छन ।
बिगतको मधेश आन्दोलनमा अन्नाधुन्नी गोली प्रहार गर्ने प्रहरी र निर्देशन दिन गृहमन्त्रालय दुबै जनता मारा प्रबिधिका छन भन्दा कुनै अर्थ नलागोस ।
र त्यही नितिमा अडिग अहिलेका सरकारी पक्ष, सम्बिधानले दिएको लोकतान्त्रिक अधिकार को प्रयोग गरी सरकार र माफ़ियालाई खबरदार गर्दा प्रहरी दमन र प्रहरी कै गोली सहनु पर्ने जनताले यो कुन अर्थमा जायज हुन्छ ?
सरकारले गोलीको भरमा राज्य चलाउने हो भने मैले यो लेख्दा कुनै अर्थ नलागोस की राजा फर्क़े हुन्छ भन्दा । राजा ले आफ्ना जनता नमरुन भनेर आफ्नो राज्य शक्ती त्यागेको इतिहास अहिले पनी साक्षि छ ।
तर जनताले लोकतन्त्रमा पाउने सोतन्त्रको अधिकार हन्न भएको अनुभूति गर्न सक्छन । देशमा अपराधी पालेर राख्ने हाम्रो नेताले बोलिमा मात्र अपराधीलाई कारबाही गर्छु भन्छन तर वास्तबमा ति अपराधी तिनैका समुह्का नाइके हुने गर्छन ।
र आम जनता न्याकोलागी आशाबाधी भएर बस्छन । तर न्यालय पनी राजनितिक आड़मै चल्छ ।
अब भन्नुस यो सरकारबाट के हामी सुरक्षित छौ र ? के सरकार श्री ३ भन्दा पनी कठोर भएको होईन ? अब जनताले यो सरकार बाट के अपेक्क्षा गर्ने ? की अब हामी मारिनु पर्ने हो रुरु न्याएको लागी ।
यी प्रश्न मेरा मात्र हैन्न समग्र नेपाली न्यामुखी जनताका हुन । यो सरकार को निति जती सुकै राम्रो भएपनी नियत ठीक छैन ।। र जब सम्म नियत ठीक हुदैन जती राम्रो र उत्क्रिस्ट निति बनोस कार्यव्यन हुदैन ।
सरकार तिमि आफ्नो नियत ठीक गर अनि नितिबारे हामीलाई आश्वासन देऊ ।
हामीले २००७ सालमा राणा शासन अन्त्य गर्न तिमीलाई साथ दिएका थियौ , २०४६/४७ मा पनी साथ दियौ ,६२/६३मा अधिकार निम्ति आहुति पनी दियौ तर तिम्ले कार्यव्यन गरेनौ र ७२ ७३ मा अझ बढ़ी आहुति दियौ र नया संबिधानमा पनी अधिकार सुनिचित हुन्छ की ? भनि आशाबदी रह्यौ तर त्यों आशा आसै रहेको छ ।
तिम्रो हरेक नीतिमा आम नेपालीले केही न केही गुमाएका छन कसैल आमा , बुबा, छोरा,छोरी,बुहारी समेत गुमायेका छन ? तर तिमीले कहीलै मलम लगाउन सकेनै । अन्तत अब "मैले गुमाउन केहि बाँकी छैन बाहेक मेरो शरीर सक्छौ मलाई गोली हान, यदि तिमीमा पनी धर्म छ भने बलात्कारीलाई फ़ासी देऊ न भए हामीलाई मारी देऊ ।"
दिवाकर उप्रेती
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…