सलमान र अक्षयको मित्रतामा दरार
मुम्बई । बलिउडमा यस्ता सेलेब्रिटीहरु छन्, जसको मित्रताको उदाहरण दिइने गरिन्छ । यसमा एक जोडी सलमान खान र अक्षय कुमारको हो । तर, पछिल्लो रिपोर्ट अनुसार दुई जनाको मित्रतामा दरार आएको छ । दुई जनाबीच खटपटको कारण सलमान खानकी पूर्व पीआर म्यानेजर रेश्मा शेट्टी बनेकी छिन् । सलामानले रेश्मालाई हटाएका थिए । पछ

२०७४ मंसिर २५ सोमबार, राति १२:१६ बजे१ मिनेट पढाइ

मुम्बई । बलिउडमा यस्ता सेलेब्रिटीहरु छन्, जसको मित्रताको उदाहरण दिइने गरिन्छ । यसमा एक जोडी सलमान खान र अक्षय कुमारको हो ।
तर, पछिल्लो रिपोर्ट अनुसार दुई जनाको मित्रतामा दरार आएको छ । दुई जनाबीच खटपटको कारण सलमान खानकी पूर्व पीआर म्यानेजर रेश्मा शेट्टी बनेकी छिन् ।
सलामानले रेश्मालाई हटाएका थिए । पछि, अक्षयले उनलाई अनुबन्ध गरेपछि रेश्माले उनको लागि एकपछि अर्को राम्रो प्रोजेक्ट ल्याइरहेकी छिन् । यसपछि दुई नायकबीच सम्बन्ध बिग्रिएको रिपोर्टमा उल्लेख छ ।
रेश्माले जब अक्षय कुमारसँग अनुबन्ध भइन्, तबदेखि उनले अक्षयका लागि राम्रो प्रोजेक्ट लिएर आइरहेकी छिन् । यहाँसम्मकी बिग बोसको सीजन ११ को होस्ट सम्म अक्षयलाई दिलाउन चाहन्थिन् ।
तर, यस्तो हुन सकेन । जब सलमानले यो कुरा थाहा पाए, उनी निकै रुष्ट बने ।
अहिले बिग बोसको सिजन ११ को सञ्चालन सलमानले नै गरिरहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…