प्राथमिक स्वास्थ्य केन्द्रको व्यवस्थापन समितिमा साह चयन
नव चयनित पदाधिकारीहरुलाई अबिर माला लगाएर स्वागत

२०७५ भदौ ८ शुक्रबार, राति ८:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
धनुषा, ८ भदौ । धनुषाको धनुषाधाम प्राथमिक स्वास्थ्य केन्द्रमा नयाँ व्यवस्थापन समिती गठन गरिएको छ।
शुक्रवार बसेको एक बैठकबाट समितीको अध्यक्षमा राजकिशोर साहलाई सर्वसहमतीले चयन गरिएको हो । यस्तै व्यवस्थापन समितिको उपाध्यक्षमा दामोदर चौहानलाई चयन गरिएको छ भने सदस्यहरुम अर्जुन प्रसाद सिँह, वडा सचिव पवन देवी लगायतलाई समेत चयन गरिएको हो ।
व्यवस्थापन समितिको लागि बसेको बैठकमा प्राथमिक स्वास्थ्य केन्द्र धनुषाधामका ईन्चार्ज डा. प्रेम राज सागरले अन्य ठाउँको तुलनामा धनुषाधाम स्वास्थ्य केन्द्रमा भौतिक पूर्वाधारको संचालन कम र अभाव समेत भएको बताए ।
शिघ्र व्यवस्थापन समितिलाई पूर्णता दिन आग्रह गर्दै उनले प्राथमिक स्वास्थ्य केन्द्र सबैको साँझा सम्पती रहेकोले यसको संरक्षण सबैको दायित्व रहेको औल्याए । केन्द्रमा करारमा कार्यरत चिकित्सक पुजा साहले आफ्नो मनतव्य राख्दै भनिन् हामीले आफ्नो भित्रको क्षमता बमोजिम २५ सैयाको पनि गर्न सकेको छैन, हामिलाई भौतिक पूर्वाधारको व्यवस्था भयो भने शिघ्र नै प्रसुती सेवा सहित आकस्मिक सेवा समेत संचालन गर्न तयार छौँ ।
नव चयनीत अध्यक्ष साहले अस्पतालमा औषधीको निकै समस्या देखिएको भन्दै स्रोतसँग सबै मिलेर लडनुपर्ने जिकिर गरे । व्यवस्थापन समितिका पूर्व अध्यक्षले नव चयनित पदाधिकारीहरुलाई अबिर माला लगाएर स्वागत गरेका थिए भने पूर्व पदाधिकारीहरुलाई विदाई समेत अबिर माला लगाएर गरिएको थियो । स्वास्थ्य कार्यालयका कर्मचारी छेवी मण्डलले कार्यक्रम सँचालन गरेका थिए ।
सो कार्यक्रममा स्थानीय बुद्धिजीवी, नागरिक समाज, विभिन्न दलका राजनीतिकर्मी, अगुवा, युवा सहित ईलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी ईन्चार्ज प्रकाश दाहाल सहितको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…