महोत्तरी औरही नगरपालिकाको बजेट ३७ करोड
न्यूज ब्यूरो | महोत्तरी, ७ भदौ । महोत्तरीको औरही नगरपालिकामा आर्थिक बर्ष २०७५/०७६ को लागि ३७ करोड बराबरको वजेट विनियोजन गरेको छ । विहीबार नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरि बजेट सार्वजनिक गरेको छ । यस आर्थिकवर्षमा ३७ करोड ३५ लाख ६५ हजार ६ सय रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको छ। आन्तरिक राजशव

२०७५ भदौ ७ बिहीबार, राति ८:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
महोत्तरी, ७ भदौ । महोत्तरीको औरही नगरपालिकामा आर्थिक बर्ष २०७५/०७६ को लागि ३७ करोड बराबरको वजेट विनियोजन गरेको छ ।
विहीबार नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरि बजेट सार्वजनिक गरेको छ । यस आर्थिकवर्षमा ३७ करोड ३५ लाख ६५ हजार ६ सय रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको छ।
आन्तरिक राजशवमार्फत १ करोड ५० लाख, वितीय समानीकरण अनुदानबाट १० करोड १२ लाख ८ हजार, सशर्त अनुदानबाट ९ करोड ३८ लाख, समाजिक सुरक्षा कार्यक्रमबाट ५ करोड ५० लाख र गतबर्षको अल्यबाट ३ करोड २९ लाख ६९ हजार ६ सय र विभिन्न संघसंस्थामार्फत ६८ लाख ८७ हजार गरि सो रकम बराबरको बजेट विनियोजन गरिएको नगरपालिकाको कार्यालयले जनाएको छ ।
कार्यक्रमकाबीच औरही नगरपालिकाका नगरप्रमुख सुनिल कुमार यादवले ऐनको परिधीमा रहि नगरपालिकाले गत असार १० गते निती तथा प्रस्तुती शुरु भएको र असार २५ गते वजेट पारित भएको जनाउनुभएको छ।
केही प्राविधीक कारणवश वजेट सार्वजानिक गर्नका लागि ढिलो भएको नगरप्रमुख यादवले धारणा राख्नुभयो थियो । एक अर्को प्रसंगमा नगरप्रमुख यादवले आफु नगरपालिकाको हरेक व्यक्ति व्यक्तिसँग छलफल गरेर मात्र करको दायरा निर्धारण गरिएको दावी गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…