बकरीदमा नवाज पढाउन दुई पक्षविच झडप हुँदा १३ घाईते, प्रहरीद्धारा गोली फायर !
यता ८ वर्षिय वालिका समेत घाईते भएकोमा वालिकाको नाम खुलेको छैन ।

२०७५ भदौ ६ बुधबार, दिउँसो १२:०२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो |
महोत्तरी,६ भदौ । महोत्तरीको लोहारपटटी नगरपालिका वडा नं. ३ स्थित महदैया तपनपुरमा नवाज पहिला आफ्नो पक्षलाई पढाउनु पर्ने भन्दै विवाद हुदा भएको झडपमा १३ जना घाईते भएका छन ।
राजपा र कांग्रेस दुई पक्षधरहरुले नवाज पढ्ने क्रममा मौलवीलाई पहिले आफ्नो पक्षको नवाज पढाउनु पर्ने भनेपछि अर्को पक्षसंग झडप भएको स्थानियहरुले बताएका छन ।
बकरईदको नवाज पढाउन हरेक वर्ष भारतबाट मौलवी आउने गरेकोमा यस वर्ष एकजना मात्र मौलवी आएको र काँग्रेस पक्षको नवाज पढाउन लाग्दा राजपा पक्षधरहरुले आएर पहिला हामीलाई नवाज पढाउनु पर्छ भनेपछि झडप सुरु भएको घटना स्थलका प्रत्यक्षदर्शी स्थानियहरुले वताए ।

घाईते हुनेहरुमा काँग्रेस पक्ष भनिएका अहमद राईन,सलामत राईन,आफताव राईन र हसिन राईन रहेका छन भने राजपा पक्षको घाईतेहरु लालु कवारी,अख्तर राईन,मन्सुर राईन र मोसलिम राईन रहेका छन ।
यता, झडपको क्रममा प्रहरीले २ राउण्ड गोली फायर समेत गरेको जनाइएको छ ।
भीड र झडपलाई नियन्त्रणमा लिनको लागि प्रहरीले २ राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
यता ८ वर्षिय वालिका समेत घाईते भएकोमा वालिकाको नाम खुलेको छैन । घाईतेहरुमा ४ महिला ८ पुरुष र एक वालिका रहेका छन । घाईतेहरुको अंचल अस्पताल जनकपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ । यता झडप साम्य भैसकेको र दुवै पक्षबाट दुई दुई जना झडपका जिम्मेवार व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता झडपको खवर पाएलगतै रामगोपालपुर,लोहारपटटी र जिल्लाको प्रहरी निरिक्षक समेतको टोली घटनास्थल पुगेको थियो । मंगलवारमात्र गाउमै दुई पक्षविच छलफल भएको र विहान ७ः३० मा मिलिजुली नवाज पढ्ने सहमति भएको थियो । उक्त स्थानमा एक पुरानो र एक नया गरि दुई ईदगाह रहेको छ ।
समाचार संकलनमा संचारकर्मीलाई काँग्रेस पक्षले गरे अवरोध :
झडपको समाचार संकलन गर्न गएका पत्रकार वावु प्रेम यदुवंशी र धर्मेन्द्र यादवलाई काँग्रेस पक्षधरले हाम्रो पक्षको घाईतेहरुको नाम किन टिपेको भन्दै नाम लेखेको कापी खोस्ने प्रयास गरेका थिए ।
काँग्रेस पक्षका असरफ नदाफ भन्ने व्यक्तिले नाम लेखेको पाना खोस्न खोजेको पत्रकार वावु प्रेम यदुवंशीले वताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…