धनुषामा वडाध्यक्षले कार्यकारी अधिकृतलाई कार्यालयमै थुनेपछि...
न्यूज ब्यूरो | जनकपुरधाम, ५ भदौ । धनुषाको हँसपुर नगरपालिकाका एकजना वडा अध्यक्षले निमित्त कार्यकारी अधिकृतलाई कार्यालयमै थुनेका छन्। नगरपालिकाको वडा नम्बर २ को वडा अध्यक्ष उदय साहले निमित्त कार्यकारी अधिकृत साधुशरण यादवलाई कार्यालयमा थुनेका हुन्। निमित्त कार्यकारी अधिकृतले दोस्रो नगरपरिषदको निर्णयहरु

२०७५ भदौ ५ मंगलबार, बिहान १०:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, ५ भदौ । धनुषाको हँसपुर नगरपालिकाका एकजना वडा अध्यक्षले निमित्त कार्यकारी अधिकृतलाई कार्यालयमै थुनेका छन्।
नगरपालिकाको वडा नम्बर २ को वडा अध्यक्ष उदय साहले निमित्त कार्यकारी अधिकृत साधुशरण यादवलाई कार्यालयमा थुनेका हुन्। निमित्त कार्यकारी अधिकृतले दोस्रो नगरपरिषदको निर्णयहरु उपलब्ध गराउन नमानेपछि वडा अध्यक्ष साहसहित त्यहाँका स्थानीयहरुलाई सोमबार कार्यालय भित्रै थुनेर राखेका छन्।
नगरपरिषदमा भएको निर्णयहरुको छायाँकपी उपलब्ध गराउन माग गरेको तर यादवले उपलब्ध गराउन अस्वीकार गरेपछि वडा अध्यक्ष तथा स्थानीयहरुले सोमबार अबेर रातिसम्म थुनेर राखेको उपमेयर रेणु झाले जानकारी दिइन्।
हँसपुर नगरपालिकामा १० अषाढमा दोस्रो नगर परिषद सम्पन्न भएको थियो। वडा अध्यक्ष साहले १ साउनमा सूचनाको हक प्रयोग गर्दै परिषदको निर्णयहरु उपलब्ध गराउन माग गरेका थिए। तर, मेयर रामज्ञान मण्डलले तोक लगाउन नमानेपछि उपमेयर झाले निवेदनमा तोक लगाइदिएकी थिइन् ।
उपमेयरले सूचना उपलब्ध गराइदिन निवेदनमा तोक लगाइदिएपनि निमित्त कार्यकारी अधिकृतले उपलब्ध गराउन नमानेपछि वडा अध्यक्ष साहसहित त्यहाँका स्थानीयहरुले सोमबार दिनभर कार्यालय घेराउ गरी निमित्त कार्यकारी प्रमुख यादवलाई कार्यालय भित्रै थुनेको जनाइएको छ ।
यादवले परिषदको माइन्यूट तथा निर्णयहरु कार्यालयमा नरहेको जनाएपछि स्थानीयहरु थप आक्रोशित बनेको उपमेयर झाको भनाइ छ।
अवस्था तनावग्रस्त भएपछि सदरमुकाम जनकपुरबाट साँझ सुरक्षाकर्मीको थप टोली त्यहाँ पुगेपछि स्थीति नियन्त्रणमा आएको बुझिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…