धनुषामा झोपडीमा बस्ने अपाँग परिवार श्रीमति बचाइदिन भौतारिँदै
न्यूज ब्यूरो | जनकपुरधाम, ३ भदौ । धनुषाका एक अपाँग परिवार सहयोगको लागि दर दर भौतारिँदै छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ नौसयविघा उत्तरबारी टोल बस्ने आँखाले अपाँङग (अन्धो) रफिक मन्सुर श्रीमति बचाइदिन भौतारेका छन् । स्थानीय मो. कलम मन्सुरको छोरा बर्ष २८ का मो रफिक मन्सुर आफैँ अपाङग तथा उनको श्

२०७५ भदौ ३ आइतबार, बेलुकी ५:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, ३ भदौ । धनुषाका एक अपाँग परिवार सहयोगको लागि दर दर भौतारिँदै छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ नौसयविघा उत्तरबारी टोल बस्ने आँखाले अपाँङग (अन्धो) रफिक मन्सुर श्रीमति बचाइदिन भौतारेका छन् ।
स्थानीय मो. कलम मन्सुरको छोरा बर्ष २८ का मो रफिक मन्सुर आफैँ अपाङग तथा उनको श्रीमति समेत आँखाको अपाङग नै रहेकोले आर्थिक रुपले निकै दयनीय अवस्था रहेको छ । जनकपुरधाममा भर्ना उनको श्रीमति सैफूल खातुनको गर्भपतन भएकोक कारणले पेटमै बच्चा मरेपछि आईसीयूमा भर्ना गरिएको हो ।
श्रीमान श्रीमति दुवै जना आँखाले अपाङग रहेको कारण काम पनि गर्न नसक्ने अवस्थ भएकै कारण अरुको जग्गामा एक झोपडी बनाएर गुजारा गर्दै आएका छन् ।बच्चामै उनको बुवा घर छाडेर भागेपछि उनको आमाले एक्ली जसरी भएपनि पालनपोषण गर्न भ्याएपनि अहिले अवस्था बृद्ध भएको कारण आर्थिक अवस्था पूर्णत कमजोर रहेको छ ।
आफ्नो जग्गा समेत नभएको मन्सुरलाई विदेशबाट युवाहरुले सहयोग गर्ने गरेका छन् भने अहिले श्रीमतीलाई अस्पतालमा भर्ना गराइपनि आर्थिक अभावमा मृत्यूसँग लडदै छिन् ।आफू पनि आँखाले अपाँग रहेको भन्दै एक मात्र जीवनसाथीको रुपमा रहेकी श्रीमतिलाई बचाइदिन सवैमा आग्रह गरेका छन् ।
जनकपुरको समर होस्पिटलमा आईसीयूमा सैफुल खातनुलाई भर्ना गरिएको छ भने रकम अभावको कारण अस्पतालको उपचारमा समस्या आएको बताइन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…