धनुषामा समग्र विकास केन्दको साकारात्मक प्रभाव
जनकपुरधाम । यति बेला धनुषामा गैर सरकारी सँस्था समग्र विकास केन्द्रको चर्चा दलित, अल्पसँख्यक, सीमान्तृकत समुदायबीच साकारात्मक चर्चा पाएको छ । धनुषाको विभिन्न स्थानीय तहमा रहेको सीमान्तकृत समुदायको उत्थान तथा विकासको लागि सशक्तिकरण कार्यक्रम मार्फत प्रत्यक्ष र अप्रत्यक्ष लाभ दिँदै आएका केन्द्रले उक्त

२०७५ भदौ ३ आइतबार, बिहान ७:४२ बजे१ मिनेट पढाइ

जनकपुरधाम । यति बेला धनुषामा गैर सरकारी सँस्था समग्र विकास केन्द्रको चर्चा दलित, अल्पसँख्यक, सीमान्तृकत समुदायबीच साकारात्मक चर्चा पाएको छ ।
धनुषाको विभिन्न स्थानीय तहमा रहेको सीमान्तकृत समुदायको उत्थान तथा विकासको लागि सशक्तिकरण कार्यक्रम मार्फत प्रत्यक्ष र अप्रत्यक्ष लाभ दिँदै आएका केन्द्रले उक्त समुदायहरुमा साकारात्मक मनोविज्ञान स्थापना गर्न सफल भएको छ ।
जनकपुरधाम उमहानगरपालिका सहित धनुषाको गणेशमानचारनाथ नगरपालिका, धनुषाधाम नगरपालिका लगायतका नगर भित्रका सीमान्तकृत समुदायमा सशक्तिकरण र सँस्थागत क्षमता बृद्धि गरी जीवनस्तरमा सुधार ल्याउनुका साथै उनीहरुको जीवनयापनको लागि टेवा पुरयाउने गहन लक्ष्य समेत बनाएको केन्द्रका कार्यक्रम सँयोजक सँतोष कुमार सिँहले जनाए ।
दिगो शान्ति र प्रजातान्त्रिक शासन व्यवस्था बारे जागरुक बनाउने मुख्य उदेश्यका साथ उक्त समुदायका वस्तीहरुमा साकारात्मक सन्देशका दुत बनेका छन् ।
केन्द्रमा आवद्ध सदस्यहरु तथा सहभागीहरुले हरेक क्षणमा एक अर्काको सुख दुःखमा सहभागी बन्ने गर्दछ भने विभिन्न प्रकारको आर्थिकोपार्जनको लागि समेत सबैले मिलेर प्रत्यक्ष लाभ उठाउँदै आएको छ ।
सहभागी हरेक समूहले प्रत्येक महिना रु. १०० देखि २ सय ५० सम्म जम्मा गर्ने गरेको छ भने महिनाको हरेक १६ गते बैठक बसी आगामी कार्ययोजना तथा खाँचोलाई सार्वजनकीकरण गर्दै गरिबी न्यूनीकरणको मुद्दालाई सहजता प्रदान गर्ने गरिएको छ ।
गरिब तथा आवश्यक भएको परिवारलाई विभिन्न समयम सहयोग रकम प्रदान गर्दै उनीहरुलाई समृद्धिको बाटो तर्फ केन्द्र उन्मुख गर्दै आएपछि समुदायमा अहिले समग्र विकास केन्द्रको चर्चा चलेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…