शहिदनगरका पूर्व मेयर (कान्छो मेयर) उदय बरबरिया नेकपाको केन्द्रीय सदस्यमा मनोनित
बरबरिया यसअघि स्थानीय तहको प्रमुख (मेयर) का रूपमा समेत कार्यसम्पादन गरिसकेका छन् । स्थानीय विकास र जनसम्पर्कका कारण परिचित उनी पार्टीको केन्द्रीय तहमा पुगेपछि संगठनलाई थप मजबुत बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ ।

२०८३ साउन ७ बिहीबार, बिहान १०:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका युवा नेता तथा पूर्वमेयर उदयकुमार बरबरिया (यादव) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।
पार्टीले बरबरियालाई केन्द्रीय सदस्यको जिम्मेवारी प्रदान गरेको हो । उनी लामो समयदेखि पार्टीको संगठन विस्तार तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका नेता हुन् ।
बरबरियाको मनोनयनपछि पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन् । उनीहरूले नयाँ जिम्मेवारीमा पनि बरबरियाले पार्टी संगठन सुदृढीकरण, जनताको हित र समसामयिक राजनीतिक मुद्दामा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।
बरबरिया यसअघि स्थानीय तहको प्रमुख (मेयर) का रूपमा समेत कार्यसम्पादन गरिसकेका छन् । स्थानीय विकास र जनसम्पर्कका कारण परिचित उनी पार्टीको केन्द्रीय तहमा पुगेपछि संगठनलाई थप मजबुत बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…