पत्रकार विजय ठाकुर बजरंग बचत तथा ऋण सहकारीको अध्यक्षमा निर्विरोध निर्वाचित

२०८३ असोज १९ सोमबार
दिउसो १२:०९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । न्यूज ब्यूरोका पत्रकार विजय कुमार ठाकुर बजरंग बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

धनुषाको मिथिला बिहारी नगरपालिका–५, ललियामा रहेको सहकारी संस्थाको १६औँ वार्षिक साधारण सभाबाट ठाकुर अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् ।

पत्रकारितामा सक्रिय ठाकुरलाई सहकारीको नेतृत्वको जिम्मेवारीसमेत प्राप्त भएको हो । साधारण सभाले उनलाई संस्थाको अध्यक्षको जिम्मेवारी प्रदान गर्दै आगामी कार्यकालका लागि नेतृत्व चयन गरेको जनाइएको छ ।

अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि ठाकुरले संस्थालाई थप व्यवस्थित, पारदर्शी र सदस्यकेन्द्रित बनाउनेतर्फ आफ्नो भूमिका प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

स्थानीय स्तरमा पत्रकारितामार्फत सक्रिय रहँदै आएका ठाकुरको सहकारी क्षेत्रको नेतृत्वमा भएको प्रवेशलाई स्थानीय स्तरमा समेत चासोका साथ हेरिएको छ ।

ठाकुरको नेतृत्वमा सहकारीले सदस्यहरूको आर्थिक हित, संस्थागत सुशासन तथा सहकारीको उद्देश्यअनुसारका गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०८३ असोज १९ सोमबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus