बेस्ट पप सिंगरका रूपमा म्युजिक खबर अवार्ड पाएपछि पछाडि फर्केर हेर्नु परेन : गाएक कृष्ण काफ्ले
अहिले नेपालमा जल्दा बल्दा तथा चर्चित गाएक कृष्ण काफ्ले २०७२ सालमा ‘बेस्ट पप सिंगरका रूपमा म्युजिक खबर अवार्ड पाएपछि पछाडि फर्केर हेर्नु परेन । हालसम्म करिब दुई सय गीतमा स्वर भरेका काफ्ले लामो मिहिनेत र संघर्षपछि आफूलाई सांगीतिक क्षेत्रमा स्थापित गराउन सफल भएका छन् । एक दशक सांगीतिक क्षेत्रमा बिताएका
२०७५ भदौ १ शुक्रबार, दिउँसो २:३५ बजे४ मिनेट पढाइ

अहिले नेपालमा जल्दा बल्दा तथा चर्चित गाएक कृष्ण काफ्ले २०७२ सालमा ‘बेस्ट पप सिंगरका रूपमा म्युजिक खबर अवार्ड पाएपछि पछाडि फर्केर हेर्नु परेन ।
हालसम्म करिब दुई सय गीतमा स्वर भरेका काफ्ले लामो मिहिनेत र संघर्षपछि आफूलाई सांगीतिक क्षेत्रमा स्थापित गराउन सफल भएका छन् । एक दशक सांगीतिक क्षेत्रमा बिताएका काफ्ले विशेषगरी चलचित्रका गीतमार्फत बढी चर्चामा आएका छन् । उनलाई अहिले मंगलम् चलचित्रको ‘पर्ख पर्ख मायालु, म पनि त आउँला’, छक्कापन्जाको ‘देख न चम्पा’, किस्मत–२ को ‘तिम्रो पिक्चर हिट’ गितहरु गाएर अहिलेका युवापिढिले मन पराएका हुन ।
गायक काफ्लेको सुरुवाती सपना आर्मी बन्ने थियो । उनमा आर्मी बन्ने हुटहुटी यति बलियो बन्यो कि उनी पटक–पटक फेल हुँदासमेत कोसिस गर्न गइरहे । नवौँपटकको प्रयासपछि ०६३ सालमा सफल भए । तर, उनी तालिमका लागि गएनन् । सपनाको बिन्दुमा पुगेपछि आखिर उनी किन पछि हटे त ? उनि भन्छन, ‘त्यतिवेला देशमा द्वन्द्व थियो । सुरुमा भर्ती भएकालाई लडाइँमा पठाउँछन् भन्ने सुनेपछि परिवारले सपोर्ट गरेन, अनि म पनि तालिममा गइनँ ।’
अब के गर्ने त ? त्यसपछि काफ्ले अन्योलमा परे । उनले अठोट कसे– कलाकार बन्ने । सानैदेखि स्कुलमा उनी गीत गाउँथे । थुप्रै कार्यक्रममा प्रथमसमेत भएका छन् । यसैक्रममा ०६४ मा नवलपरासी आइडल बन्न सफल भए ।
त्यसपछि तय गरे राजधानी काठमाडौंको यात्रा । सुरुवाती दिनमा काठमाडौं आउने–जाने भइरह्यो । काठमाडौं आएका वेला सर्वा्िधक चर्चामा रहेको टेलीशृंखला तितो सत्यमा अभिनय गर्थे तथा उनलाई कलाकार दिपक दिपाले पनि निकै माया गर्थे । छक्कापन्जाको गीत ‘देख न चम्पा, सुन न चम्पा’ले कृष्ण काफ्लेलाई हिट मात्रै बनाएन, विभिन्न अवार्डसमेत दिलायो । किस्मत–२ फिल्मको ‘दिलमा राखे दिलमै फिट’ झन् चल्यो ।
मंगलम् फिल्मको ‘पर्ख पर्ख मायालु’ले काफ्लेलाई करिब १५ भन्दा बढि देश घुमाइसकेको छ । काफ्ले आफ्ना पहिलो गीत गाउँदा धेरैले मन पराए । त्यहीँबाट सांगीतिक क्षेत्रका अग्रजहरूसँग उनको सम्बन्ध झाँगियो । उनले पनि केही अवसर पाए । शब्द तथा संगीत पनि आफैँ भर्ने भएका कारण उनलाई अझ सहज भयो । उनले गीत गाउँदै गए । सिआरबिटी बन्दै गए ।त्यतिवेला सिडी, भिसिडी बिक्ने बजार थियो ।
युट्युब भन्ने थिएन । त्यसैले सर्वसाधारणले उनलाई चिन्न पाएनन् । काफ्ले भन्छन, ‘०६७ सम्म आइपुग्दा मेरो स्वर, शब्द तथा संगीतमा दर्जनौँ गीत आए । तर, ठ्याक्कै दर्शक तथा श्रोताको मनमनमा बस्न सक्ने गरी चर्चा भने पाउन सकिनँ । तर, एक दिन अवश्य सबैले चिन्छन् भन्ने लागेको थियो ।’
त्यसवेला नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम त्रिवेणीमा उनका केही गीत बज्नु र सिआरबिटी, पिआरबिटीमा राम्रै चर्चा पाउनुलाई भने उनी सफलताकै रूपमा लिन्छन् ।०६७ मा काफ्लेले दयाराम दाहालको चलचित्रमा गीतमार्फत डेब्यु गर्ने मौका पाए, ‘तिम्रो पावरफुल बैँसको झड्काले’ बोलको गीतबाट । यो गीतले भने निकै चर्चा कमायो । केही अवार्डका लागि मनोनयन भयो । चलचित्रको गीत भएकाले गायकको त्यति चर्चा भएन ।
त्यसपछि ‘माया बस्यो जुनेली रातैमा’ले काफ्लेलाई अवार्ड दिलायो । सोही गीतबाट ०७२ मा उनले बेस्ट पप सिंगरका रूपमा म्युजिक खबर अवार्ड हात पारे । यतिवेलासम्म उनले ५० भन्दा बढी गीतमा स्वर दिइसकेका थिए । र, यो क्षेत्र उनका लागि प्यासन बनिसकेको थियो ।गिनिज बुकमा वल्र्ड रेकर्ड राख्न सफल ‘लभ यु बाबा’ मा टाइटल सङ काफ्लेले नै गाएका थिए । यो चलचित्रमार्फत उनले गिनिज वल्र्ड रेकर्डको प्रमाणपत्रसमेत पाएका छन् ।
लामो सिकाइ, भोगाइ र संघर्षपछि ०७२ मा कृष्ण काफ्ले आम श्रोता र दर्शकमाझ चिनिने वातावरण बन्यो– छक्कापन्जाको गीत ‘देख न चम्पा सुन न चम्पा’मार्फत । काफ्ले भन्छन, ‘यो गीतले मलाई आम श्रोता तथा दर्शकमाझ चिनायोे । सोचेभन्दा राम्रो सफलता हासिल भयो । सांगीतिक क्षेत्रमा यसले मलाई स्थापित गरायो । यो गीतपछि स्टेज कार्यक्रमहरूमा पनि काफ्लेको माग बढ्दै जान थाल्यो । चलचित्रमा गीतका लागि उनलाई थप अफर आउन थाल्यो ।
यसै गीतबाट उनले कामना लक्स अवार्ड, डी सिने अवार्ड, म्युजिक खबर अवार्ड, राप्ती अवार्ड पाइसकेका छन् । किस्मत–२ फिल्मको ‘दिलमा राखे दिलमै फिट, तिम्रो पिक्चर हिट’ ले पनि उत्तिकै चर्चा कमायो । त्यससँगै मंगलम् चलचित्रको ‘पर्ख पर्ख मायालु म पनि त आउँला’ ले काफ्लेलाई अझ उचाइमा पु¥यायो । नेपालमा हुने महोत्सव र विदेशमा हुने कार्यक्रममा यी तीन गीतले काफ्लेको डिमान्ड ह्वात्तै बढायो । त्यति मात्र होइन, हरेक अवार्ड कार्यक्रममा यो गीत नोमिनेसनमा पर्दै आएको छ ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…