न्यूज ब्यूरो, रामेछाप । विद्यालयमा अध्ययनरत १३ वर्षीया छात्रामाथि बालयौन दुरुपयोग गरेको आरोपमा रामेछाप प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–४ स्थायी घर भई हाल रामेछापको सुनापति गाउँपालिका–५ मा बस्दै आएका ४८ वर्षीय नवराज भण्डारी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार भण्डारीले आफूले अध्यापन गराउने छात्रालाई परीक्षामा उत्तीर्ण गराइदिने प्रलोभन देखाई यौनजन्य व्यवहार गरेको तथा फेसबुक म्यासेन्जरमार्फत अश्लील सामग्री पठाउने गरेको आरोप छ ।
प्रहरीका अनुसार पीडित छात्राले दिएको जाहेरीका आधारमा भण्डारीलाई असोज १४ गते पक्राउ गरिएको हो । उनलाई पटक–पटक बालयौन दुरुपयोग गरेको आरोप लागेको प्रहरीले जनाएको छ ।
पीडित छात्राको पहिचान गोप्य राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतका अनुसार पक्राउ परेका भण्डारीमाथि रामेछाप जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।
प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ ।
आशाराम अस्पतालका कर्मचारीले महिनौँदेखि तलब नपाएको भन्दै प्रशासनमा निवेदन
- २०८३ असोज १५ बिहीबार
न्यूज ब्यूरो, वीरगन्ज । वीरगन्जस्थित आशाराम अस्पताल प्रा।लि।मा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेबापतको तलब महिनौँदेखि नपाएको भन्दै जिल्ला प्रशासन कार्यालय, पर्सामा निवेदन दिएका छन् । कर्मचारीहरूले अस्पतालले २०८३ साल साउन १
पूरा पढ्नुहोस्


