न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा बिजुलीको पोलमा चढेर तार जोड्ने क्रममा करेन्ट लाग्दा युवकको मृत्यु
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–९ औराहा टोलमा बिजुलीको पोलमा चढेर तार जोड्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय ३२ वर्षीय श्रवण साह रहेका छन्।
प्रहरीका अनुसार साह छिमेकीको मिटरको तार जोड्नका लागि विद्युत् पोलमा चढेका थिए। तार जोड्ने क्रममा अचानक करेन्ट लागेर उनी पोलबाट खसेका थिए। करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
विद्युत्को तार तथा मिटरमा आफैंले काम गर्दा करेन्ट लाग्ने जोखिम उच्च हुने भएकाले यस्ता काम सम्बन्धित प्राविधिकमार्फत मात्र गराउन प्रहरीले आग्रह गरेको छ।
WorldLink को महेन्द्रनगर ईस्ट ब्रान्चद्वारा वीरेन्द्रबजार फुटबल टिमलाई जर्सी वितरण, टीम बिजयी
- २०८३ असोज १५ बिहीबार
न्यूज ब्यूरो, जनकपुरधाम । महेन्द्रनगर ईस्ट ब्रान्चले वीरेन्द्रबजारका फुटबल खेलाडीहरूलाई टिम जर्सी वितरण गरेको छ । स्थानीय स्तरमा रहेका खेलाडीहरूको प्रतिभा र उत्साहलाई प्रोत्साहन गर्ने उद्देश्यले महेन्द्रनगर ईस्ट ब्रान्चले फुटबल टिमका
पूरा पढ्नुहोस्


