न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा बिजुलीको पोलमा चढेर तार जोड्ने क्रममा करेन्ट लाग्दा युवकको मृत्यु
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–९ औराहा टोलमा बिजुलीको पोलमा चढेर तार जोड्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय ३२ वर्षीय श्रवण साह रहेका छन्।
प्रहरीका अनुसार साह छिमेकीको मिटरको तार जोड्नका लागि विद्युत् पोलमा चढेका थिए। तार जोड्ने क्रममा अचानक करेन्ट लागेर उनी पोलबाट खसेका थिए। करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
विद्युत्को तार तथा मिटरमा आफैंले काम गर्दा करेन्ट लाग्ने जोखिम उच्च हुने भएकाले यस्ता काम सम्बन्धित प्राविधिकमार्फत मात्र गराउन प्रहरीले आग्रह गरेको छ।
- २०८३ असोज १५ बिहीबार



