औरहीका मेयरमाथि आक्रमण र कार्यालय तोडफोडको घटनामा दोषीलाई कारबाही गर्न माग

२०८३ असोज १२ सोमबार
रति ८:३५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । महोत्तरीको औरही नगरपालिकाका नगरप्रमुखमाथि भएको भनिएको आक्रमण तथा नगरपालिका कार्यालयमा भएको तोडफोडको घटनामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन नेपाल नगरपालिका संघ, मधेश प्रदेश समितिले माग गरेको छ ।

नेपाल नगरपालिका संघ मधेश प्रदेश समितिका संयोजक मनोजकुमार साहले मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाएको ज्ञापनपत्रमार्फत घटनामा संलग्न व्यक्तिहरूमाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न माग गरेका हुन् ।

ज्ञापनपत्रमा २०८३ भदौ ३१ गते बिहान करिब ११ः३० बजे केही उच्छृंखल व्यक्तिहरू औरही नगरपालिकाका नगरप्रमुखसमक्ष कार्यक्रमस्थलमा प्रवेश गरी चक्कु प्रहारसहित हातपात गरेको तथा कार्यालय परिसरमा तोडफोडलगायतका कानुनविपरीत गतिविधि गरेको उल्लेख छ ।

संघले स्थानीय सरकार प्रमुखमाथि भएको यस किसिमको आपराधिक घटनाले जनप्रतिनिधि तथा कर्मचारी वर्गलाई त्रसित बनाएको र भयमुक्त वातावरणमा सेवा प्रवाह गर्न कठिनाइ उत्पन्न भएको जनाएको छ ।

नगरपालिका संघले स्थानीय सरकार प्रमुखमाथि भएको घटनामा दोषीमाथि कडा कारबाही गर्नुको सट्टा उल्टै नगरप्रमुखको प्रतिरक्षामा उत्रिएका कर्मचारी तथा नगरवासीमाथि राजनीतिक दबाबका आधारमा झूटा मुद्दा दर्ता गराउने प्रयास भएको दाबीसमेत गरेको छ ।

ज्ञापनपत्रमा त्यस्तो गतिविधिले विधिको शासनमाथि नै प्रश्न उठ्ने उल्लेख गर्दै घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल नियन्त्रणमा लिई प्रचलित कानुनअनुसार कारबाही गर्न माग गरिएको छ ।

संघका अनुसार २०८३ असोज १३ गते बसेको महोत्तरी जिल्ला स्तरीय नगरप्रमुखहरूको बैठकले समेत घटनाका विषयमा छलफल गरेको थियो । बैठकले निर्दोष कर्मचारी तथा नगरवासीमाथि दर्ता गरिएको मुद्दा भए तत्काल छानबिन गरी फिर्ता गर्न तथा घटनामा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही अघि बढाउन माग गरेको छ ।

नगरपालिका संघले स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीमाथि हुने यस्ता घटनालाई सामान्य रूपमा नलिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुरक्षा तथा कानुनी व्यवस्था सुनिश्चित गर्नसमेत आग्रह गरेको छ ।

संघका मधेश प्रदेश संयोजक मनोजकुमार साहको नेतृत्वमा गएको मेयरहरुको टोलीले ज्ञापन पत्र बुझाएको हो ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

रास्वपा (घण्टी) का नेता साहको घरमा प्रहरीको छापामारी, मोबाईलका मँहगा पार्टसहरु बरामद

  • २०८३ असोज १२ सोमबार

न्यूज ब्यूरो, गौर । रौतहटको गौर नगरपालिका–४ टिकुलियास्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेतासँग सम्बन्धित घरबाट ५० लाख रुपैयाँभन्दा बढी मूल्यका मोबाइल पार्टपुर्जा तथा अन्य सामग्री बरामद भएको छ । सशस्त्र

पूरा पढ्नुहोस्

Bureau Menus