सप्तरीमा बाख्रा चोरी गरेको आरोपमा काला टिका, जुत्ताको माला लगाएर घुमाइए युवक, तीन जना पक्राउ

२०८३ असोज १० शनिबार
बेलुकी ५:१५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, राजविराज । सप्तरीमा बाख्रा चोरीको आरोपमा एक व्यक्तिमाथि अमानवीय व्यवहार गर्दै जुत्ताको माला लगाएर गाउँ घुमाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा राजविराज नगरपालिका–१३ का ३५ वर्षीय लड्डु राम, ४२ वर्षीय ललित राम र ३५ वर्षीय रामनाथ राम रहेका छन्।

प्रहरीका अनुसार गत साउन ८ गते राति स्थानीय रामनाथ रामको बाख्रा चोरी भएको विषयलाई लिएर दुई पक्षबीच विवाद भएको थियो। विवाद समाधानका लागि साउन ९ गते बिहान १० बजे स्थानीय भगवती मन्दिरको प्राङ्गणमा गाउँलेहरूले छलफल बोलाएका थिए।

छलफलका क्रममा कुरा नमिलेपछि उत्तेजित बनेको समूहले बाख्रा चोरीको आरोप लागेका व्यक्तिलाई कुटपिट तथा दुर्व्यवहार गरेको र जुत्ताको माला लगाएर गाउँ घुमाएको आरोप छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमराज घिमिरेका अनुसार कानुन हातमा लिएर व्यक्तिमाथि अमानवीय व्यवहार गरेको आरोपमा घटनामा संलग्न तीन जनालाई पक्राउ गरिएको हो।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेशका डिआईजी चुतुर्वेदी र एसपी सिलवालबीच हिसाब नमिल्दा विवाद, तल्ला दर्जाका प्रहरी मारमा

  • २०८३ असोज १० शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश प्रहरीभित्र आन्तरिक कलह चर्किएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमाप्रसाद चतुर्वेदी र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी

पूरा पढ्नुहोस्

Bureau Menus