सेफ्टी टैँकीमा युवक विवेकको टुक्रा टुक्रामा लास फेला, अनैतिक सम्बन्धले घर बोलाएर हत्याको आशंका

२०८३ भदौ २६ शुक्रबार
रति ८:१९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । महोत्तरीको बलवा नगरपालिका–७ बनौटामा सेफ्टी ट्याङ्कीभित्र एक युवकको शव फेला परेको छ । शव भंगाहा नगरपालिका–६ का अशोक कुमार वातरका छोरा अन्दाजी २२ वर्षीय विवेक कुमार सरदारको रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विवेक भदौ १४ गते साँझ जलेश्वर नगरपालिका–९ पिगौनास्थित दिदीको घरबाट मोटरसाइकलमा आफ्नो घरतर्फ हिँडेपछि सम्पर्कविहीन भएका थिए ।

उनको खोजीका लागि भदौ १६ गते बुबाले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा हुलियासहित निवेदन दिएका थिए । त्यसपछि प्रहरीले खोजतलास गर्ने क्रममा बलवा नगरपालिका–७ बनौटा निवासी अशोक कुमार ठाकुरको घर पछाडि रहेको सेफ्टी ट्याङ्कीभित्र टुक्रा–टुक्रा अवस्थामा विवेकको शव फेला पारेको हो ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले घरधनी अन्दाजी ५८ वर्षीय अशोक कुमार ठाकुर, उनकी श्रीमती अन्दाजी ५५ वर्षीया रामकली देवी, बुहारी अन्दाजी २२ वर्षीया सोनु कुमारी ठाकुर र महोत्तरी गाउँपालिका–५ का अन्दाजी ३७ वर्षीय सियाराम शर्मालाई नियन्त्रणमा लिएको छ ।

घटनाको कारण तथा संलग्नताबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवको प्रकृति र घटनाको अवस्थालाई आधार बनाएर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%
  • 0%

सम्पादकीयः एउटा शब्दको भूल, समाजमा ठूलो असर, संयमित बनौँ

  • २०८३ भदौ २६ शुक्रबार

पत्रकारिताको पहिलो धर्म सत्य हो । सत्यको खोजी, तथ्यको पुष्टि र जिम्मेवार प्रस्तुति पत्रकारिताका आधारभूत मान्यता हुन् । तर कहिलेकाहीँ हतार, अपूर्ण सूचना वा स्रोतको भनाइमा निर्भर हुँदा समाचारमा त्रुटि

पूरा पढ्नुहोस्

Bureau Menus