कतारको बलदिया ५२ क्याम्पबाट रसुवा बाढीपीडितका लागि नेपाली श्रमिकहरुको ११ लाख बढी सहयोग

२०८३ भदौ २५ बिहीबार
बिहान ०९:३६ बजे
न्यूज ब्यूरो, डेस्क

दोहा, कतार । रसुवामा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि कतारमा रहेका नेपालीहरूले ११ लाख रुपैयाँभन्दा बढी सहयोग गरेका छन् ।

दोहास्थित बलदिया ५२ क्याम्पमा बसोबास तथा कार्यरत नेपालीहरूले स्वेच्छिक रूपमा रकम संकलन गरी कुल २७ हजार कतारी रियाल अर्थात् नेपाली रुपैयाँ ११ लाख १३ हजार ३२७ सहयोग गरेका हुन् ।

संकलित सम्पूर्ण रकम नेपाल सरकारको राहत कोषमा पठाइएको जनाइएको छ ।

विपत्तिमा परेका नेपाली नागरिकको सहयोगका लागि आफूहरू विदेशमा रहे पनि मातृभूमिप्रतिको जिम्मेवारी र मानवीय भावनाले एकजुट भएर सहयोग संकलन गरिएको बलदिया ५२ क्याम्पका नेपालीहरूले बताएका छन् ।

अभियानमा क्याम्पमा रहेका नेपालीहरूले आफ्नो क्षमताअनुसार स्वेच्छिक योगदान गरेका थिए । उनीहरूले संकलित सहयोग रसुवाका बाढीपीडित परिवारको राहत तथा पुनःस्थापनामा उपयोग हुने विश्वास व्यक्त गरेका छन् ।

सहयोग अभियानमा सहभागी सम्पूर्ण नेपालीलाई आयोजकहरूले धन्यवाद व्यक्त गर्दै विपत्तिको समयमा विदेशमा रहेका नेपालीहरूबीचको एकता र मानवीय सहयोगको भावना निरन्तर कायम रहने बताएका छन् ।

 

  • 0%
  • 0%
  • 0%
  • 50%
  • 0%
  • 0%

इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे 

  • २०८३ भदौ २५ बिहीबार

न्यूज ब्यूरो, सिरहा।  सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो ।  नेपाल प्रहरी श्रीमती संघको

पूरा पढ्नुहोस्

Bureau Menus