न्यूज ब्यूरो, जनकपुरधाम । रसुवा जिल्लामा भदौ १० गते आएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित एवं घरविहीन परिवारको राहत तथा पुनर्स्थापनाका लागि सिद्धार्थ शिशु सदन माध्यमिक विद्यालयले २ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।
जनकपुर एजुकेशन फाउन्डेसन प्रा.लि. अन्तर्गत सञ्चालित जनकपुरधाम–१ स्थित सिद्धार्थ शिशु सदन मा.वि. परिवारले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । विद्यालयका प्रिन्सिपल राजु यादवले सो चेक हस्तान्तरण गरेका हुन् ।
विद्यालय परिवारले विपद्को कठिन घडीमा पीडित परिवारको दुःखमा साथ दिनु सामाजिक उत्तरदायित्व र मानवीय कर्तव्य भएको जनाएको छ । सहयोगले प्रभावित परिवारको राहत तथा पुनर्स्थापनामा केही योगदान पुग्ने विश्वाससमेत विद्यालयले व्यक्त गरेको छ ।
विद्यालय परिवारले विपद्मा परेका नागरिकको सहयोगका लागि सबैलाई मानवीय हातेमालो गर्न अपिल गरेको छ ।
कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाख बढी विद्यार्थी सहभागी
- २०८३ भदौ २४ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । आजदेखि देशभर एकसाथ कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको परीक्षामा कुल ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी
पूरा पढ्नुहोस्





.jpeg)
