महोत्तरी भंगहा नगरपालिकाका मेयर भ्रमणै भ्रमणमा, सेवाग्राही मार्कामा
न्यूज ब्यूरो | महोत्तरी, ३१ साउन । महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजिव कुमार साह साथीभाई सँग भारत भ्रमणमा गएका छन् । मेयर साह साउन महिनामा २ पटक भ्रमणमा गएको छ । सेवाग्राही भने दैनिक कार्यालयमा मेयर नदेखेपछि निराश भएर फर्किने गरेको स्थानीयको भनाइ छ । मेयर साह भ्रमणमा गएपछि शुक्रबारदेखि नगरपालिका

२०७५ साउन ३१ बिहीबार, बिहान ८:४८ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो |
महोत्तरी, ३१ साउन । महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजिव कुमार साह साथीभाई सँग भारत भ्रमणमा गएका छन् । मेयर साह साउन महिनामा २ पटक भ्रमणमा गएको छ । सेवाग्राही भने दैनिक कार्यालयमा मेयर नदेखेपछि निराश भएर फर्किने गरेको स्थानीयको भनाइ छ ।
मेयर साह भ्रमणमा गएपछि शुक्रबारदेखि नगरपालिका कार्यालयमा सेवाग्रही आएर फर्किने गरेका छन् । नगरपालिका कार्यालय शुक्रबारदेखि मेयर नहुँदा सेवाग्राही काम नगराई फर्किन बाध्य भएका छन् ।
सेवाग्राही निराश भई फर्किन बाध्य हुने गरेको भंगहा नगरपालिका वडा नम्बर ९ को प्रदिप राउतले बताए । मेयर भ्रमणमा गएकाले शुक्रबारदेखि कार्यालयमा धेरैको काम भएको छैन् । उनले भने हरेक दिन १५–२० जना मान्छे विभिन्न काम लिएर कार्यालयमा आउँछन् तर कार्यालयमा मेयर नहँुदा निराश भएर फर्किन्छन् ।
जनप्रतिनिधिबाटै जनताले सास्ती पाइरहेको भंगहा नगरपालिका सोबिन कुमार यादले बताए । उनले भने जनताले तिरेको करबाट भ्रमणमा गएर मोजमस्ती गर्नु जनविरोधी काम हो ।
केही दिन अगाडी नै भ्रमण गरेर आएका मेयर फेरी भ्रमणमा जानुको कुनै औचितय नरहेको भंगहा नगरपालिका वडा नम्बर ९ को दिपेन्द्र ठाकुरले बताए । १ महिनामा २ पटक भ्रमणमा जानु गलत भएको नगरवासीले टिकाटिप्पणी गरेका छन् ।
यता, मेयर साहसँग सम्पर्क गर्दा सम्पर्कमा आउन सकेनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…