सिरहाको मर्निँग पर्ल एजुकेशन एकेडमी स्कूलले बाढी पीडितका लागि दिए १ लाख बढी आर्थिक सहयोग
विद्यालयका सँचालक तथा प्रिन्सीपल लोचन चोरवारका अनुसार, विद्यार्थीहरुबाट १६ हजार ९९० रुपैयाँ, शिक्षक शिक्षिकाबाट ४० हजार ६६५ र विद्यालयको तर्फबाट ५० हजार रुपैयाँ गरी कुल १ लाख ६ हजार ९७५ रुपैयाँ सहयोग गरिएको हो ।

२०८३ भदौ १९ शुक्रबार, दिउँसो १२:०२ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, सिरहा । सिरहास्थित रहेको मर्निँग पर्ल एजुकेशन एकेडमीले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १ लाख बढी सहयोग गरेको छ ।
विद्यालयका शिक्षक शिक्षिका, कर्मचारी, विद्यार्थीहरुसहित विद्यालयले समेत मिलाएर १ लाख ६ हजार रुपैयाँ सहयोग गरेको हो ।
विद्यालयका सँचालक तथा प्रिन्सीपल लोचन चोरवारका अनुसार, विद्यार्थीहरुबाट १६ हजार ९९० रुपैयाँ, शिक्षक शिक्षिकाबाट ४० हजार ६६५ र विद्यालयको तर्फबाट ५० हजार रुपैयाँ गरी कुल १ लाख ६ हजार ९७५ रुपैयाँ सहयोग गरिएको हो ।
गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढी पहिरो पीडितका लागि विद्यालयले उनीहरुलाई सहयोग हेतु राहत रकम पठाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…