न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको टिंकौरियाबाट १८ महिने बालक चोरी भएपछि प्रहरीले खोजी कार्यलाई तीव्र बनाएको छ।
टिंकौरिया निवासी कमलेश महतोका १८ महिने छोरा सिद्धांश महतो हराएपछि प्रहरीले तत्काल खोजी अभियान सुरु गरेको हो।
सीसीटीभी फुटेजमा एक महिलाले बालकलाई लिएर गएको देखिएपछि प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिँदै अनुसन्धान अघि बढाएको छ।
बालकको खोजीका लागि डग टोली परिचालन गरिएको छ। डग टोली सीमातर्फ गएको प्रहरीले जनाएको छ।
धनुषाका एसपी रुपेश खड्का आफैं फिल्डमा खटिएर प्रहरी टोलीको नेतृत्व गर्दै सम्भावित स्थान तथा नाकामा खोजीलाई तीव्रता दिएका छन्।
बालकको खोजी तथा घटनाको अनुसन्धान जारी छ।
त्रिशुली 3'A' सुरुङभित्र फसेका सबै सकुशल छन् : उद्धारपछि सञ्जय साह
- २०८३ भदौ १८ बिहीबार
काठमाडौं । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र १० दिनदेखि फसेका सञ्जय साह र कविर महर्जनको सकुशल उद्धार भएको छ । उद्धारपछि बाहिर निकालिएका मेकानिकल फोरम्यान सञ्जय साहले सुरुङभित्र अझै रहेका
पूरा पढ्नुहोस्




