धनुषा कमला नपाको लगमा गाउँ र लगमा बजारको अतिक्रमित जग्गा ५ दिनभित्र खाली गर्न नगरको अल्टिमेटम

२०८३ भदौ १६ मंगलबार
दिउसो ३:५५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सार्वजनिक तथा बजार क्षेत्रको अतिक्रमित जग्गा ५ दिनभित्र खाली गराउन कडा अल्टिमेटम जारी गरेको छ।

नगरपालिकाको वडा नम्बर ३ लग्मास्थित बजार तथा सार्वजनिक जमिन क्षेत्रमा अवैध रूपमा निर्माण गरिएका घर, टहरा, कठघेरा (घेराबेरा)  तथा राखिएका अन्य सामग्रीहरू हटाउन नगरप्रमुख विशेश्वर यादवले एक सूचना जारी गर्दै निर्देशन दिएका हुन्।

नगरपालिकाद्वारा जारी सूचना अनुसार सूचना प्रकाशित भएको मितिदेखि ५ दिनभित्र सम्बन्धित धनीहरूले आ-आफ्नो घर, टहरा र सामग्रीहरू स्वतः हटाउनु पर्नेछ।

तोकिएको समयावधिभित्र अतिक्रमित जग्गा खाली नगरिएमा नगरपालिकाले आफैं हटाउने र त्यसक्रममा हुने कुनै पनि किसिमको हानि-नोक्सानी, टुटफुट तथा क्षतिपूर्तिको जिम्मेवारी व्यक्ति स्वयं हुने चेतावनी सूचनामा दिइएको छ।

सार्वजनिक जग्गाको अतिक्रमण हटाएर बजार तथा आसपासको क्षेत्रलाई व्यवस्थित र सुन्दर बनाउने उद्देश्यले यो कदम चालिएको कमला नगरपालिकाले जनाएको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus