पुल बनाउने समाग्री, उपकरणसहित भारतबाट नेपालका लागि ११ टन राहत सामग्री बोकेको चौथो उडान

२०८३ भदौ १४ आइतबार
बिहान ०८:२३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमाडौं । भारतबाट बाढी तथा विपद् प्रभावित नेपालका लागि राहत तथा उद्धार सामग्री बोकेको चौथो उडान नेपाल आईपुगेको छ ।

चौथो उडानमा ११ टन सहायता सामग्री पठाइएको छ । उक्त उडानमा सुरुङ प्राविधिक टोली, खोज तथा उद्धारका लागि आवश्यक उपकरण, डीएनए परीक्षणका लागि फरेन्सिक विज्ञ तथा कम्बल र सरसफाइ सामग्रीलगायत अत्यावश्यक राहत सामग्री रहेको जनाइएको छ ।

यसअघि नै भारतबाट नेपालमा उद्धार तथा राहतका लागि विभिन्न सामग्री पठाइँदै आएको छ । भारतले विपद्पछि खोज, उद्धार, पहिचान तथा राहत व्यवस्थापनमा सहयोग पुर्‍याउन प्राविधिक जनशक्तिसहित आवश्यक उपकरण नेपाल पठाएको हो ।

यसैबीच, २३० फिट लामो एक लेनको मोड्युलर स्टिल पुल निर्माणका लागि आवश्यक उपकरण बोकेका १६ वटा ट्रक नेपाल आइपुगेका छन् ।

थप सातवटा बेली ब्रिज निर्माणका लागि आवश्यक प्राविधिक टोली र उपकरणसमेत चाँडै नेपाल आइपुग्ने जनाइएको छ । यसबाट बाढी तथा पहिरोका कारण अवरुद्ध भएका सडक तथा यातायात सम्पर्क पुनःस्थापना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

भारतबाट नेपालमा हालसम्म पठाइएको राहत तथा उद्धार सामग्रीको कुल मात्रा ६८ दशमलव ५ टन पुगेको छ । खोज तथा उद्धार उपकरणदेखि पुल निर्माणका सामग्री र अत्यावश्यक राहत सामग्रीसम्म भारतले नेपाललाई सहयोग उपलब्ध गराउँदै आएको छ ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज

  • २०८३ भदौ १४ आइतबार

Bureau Menus