सप्तरीमा तीन वर्षीया बालिका झाडीमा मृत फेला, शंकास्पद एक जना व्यक्ति पक्राउ
घटनाको प्रकृति र बालिकाको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ । नियन्त्रणमा लिइएका व्यक्तिसँग सोधपुछ भइरहेको र अनुसन्धानबाट घटनाको थप तथ्य खुल्ने प्रहरीले जनाएको छ ।

२०८३ भदौ ७ आइतबार, बेलुकी ५:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । सप्तरीमा तीन वर्षीया बालिका मृत फेला परेको घटनामा प्रहरीले एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयका डीआईजी ओम अधिकारीले घटनामा एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन् ।
उनका अनुसार ती व्यक्तिको गतिविधि शंकास्पद देखिएपछि नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको छ ।
सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा स्थानीय इरफानकी तीन वर्षीया छोरी सानिया खातुन आइतबार मृत फेला परेकी हुन् ।
परिवारका अनुसार सानिया आइतबार बिहान करिब ९ बजेपछि घरबाट एकाएक बेपत्ता भएकी थिइन् । बालिका हराएको जानकारी पाएपछि परिवार तथा स्थानीयले खोजी गर्ने क्रममा घरदेखि करिब ६० मिटर पछाडिको झाडीमा उनको शव फेला परेको थियो ।
घटनाको प्रकृति र बालिकाको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ । नियन्त्रणमा लिइएका व्यक्तिसँग सोधपुछ भइरहेको र अनुसन्धानबाट घटनाको थप तथ्य खुल्ने प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…