जनता नै देशको मालिक हो, जनताले जे भन्यो त्यही हुन्छ, अदालतबाट न्याय पाउँछुः देउवा
देउवाले नेपाली जनता र न्यायपालिकाप्रति आफूलाई पूर्ण विश्वास रहेको पनि बताए । सर्वोच्च अदालतले पञ्चायतकालदेखि नै निष्पक्ष न्याय दिँदै आएको उल्लेख गर्दै उनले अदालतप्रति आफ्नो विश्वास कायमै रहेको बताए । ‘सर्वोच्च अदालत पञ्चायतकालदेखि नै निष्पक्ष न्याय दिएको अदालत हो । यो अदालतप्रति मलाई पूरा विश्वास छ,’ उनले भने । आफू आगामी दिनमा पनि राजनीतिक संघर्षमा निरन्तर लागिरहने देउवाले बताए ।

२०८३ साउन २८ बिहीबार, दिउँसो ४:११ बजे१ मिनेट पढाइ

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले जनता नै देशको मालिक भएको बताउँदै जनताले चाहेको कुरा नै अन्ततः हुने बताएका छन् ।
बिहीबार स्वदेश फर्किएपछि चुनदेवीस्थित कांग्रेस संस्थापन इतरको सम्पर्क कार्यालयमा नेता तथा कार्यकर्तालाई संक्षिप्त सम्बोधन गर्दै देउवाले संविधान, गणतन्त्रलगायतका विषय जनताको चाहना र संविधानसभाबाट स्थापित भएको उल्लेख गरे ।
‘संविधानसभाले ल्याएको हो, गणतन्त्र । मैले ल्याएको हो र?’ देउवाले भने, ‘मैले चाहँदा आएको पनि होइन, मैले चाहेर जाँदैन पनि ।’
नेपाली जनता नै देशको सबैभन्दा ठूलो शक्ति र मालिक भएको बताउँदै उनले जनताले जे निर्णय गर्छन्, त्यही स्वीकार गर्नुपर्ने धारणा राखे ।
‘नेपाली जनता सबैभन्दा ठूलो कुरा हो । नेपाली जनता नेपालको मालिक हो । यो मालिकले जे भन्यो त्यही हुन्छ,’ देउवाले भने ।
देउवाले नेपाली जनता र न्यायपालिकाप्रति आफूलाई पूर्ण विश्वास रहेको पनि बताए । सर्वोच्च अदालतले पञ्चायतकालदेखि नै निष्पक्ष न्याय दिँदै आएको उल्लेख गर्दै उनले अदालतप्रति आफ्नो विश्वास कायमै रहेको बताए ।
‘सर्वोच्च अदालत पञ्चायतकालदेखि नै निष्पक्ष न्याय दिएको अदालत हो । यो अदालतप्रति मलाई पूरा विश्वास छ,’ उनले भने ।
आफू आगामी दिनमा पनि राजनीतिक संघर्षमा निरन्तर लागिरहने देउवाले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…