तस्करीको सामान नछोडेपछि सप्तरी प्रहरीविरुद्ध अफवाहको दाबी, बरामद सामग्री भन्सार बुझाएपछि लफडा

२०८३ श्रावण २७ बुधबार
बिहान ०७:५४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सप्तरी । सप्तरी प्रहरीले तस्करीबाट बरामद भएको सामान कानुनी प्रक्रिया पूरा नगरी छाड्न अस्वीकार गरेपछि आफूविरुद्ध भ्रमपूर्ण प्रचार र अफवाह फैलाइएको दाबी गरेको छ ।

सप्तरीको बोदेबरसाइन नगरपालिका–५ बाट साउन १८ गते भारतबाट भन्सार छली गरी ल्याइएको आशंकामा मोबाइलका पार्टपुर्जा र ती सामग्री ओसारपसारमा प्रयोग भएको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीलाई देखेपछि सामान र मोटरसाइकल छाडेर तस्करहरू फरार भएका थिए ।

बरामद सामग्री छुटाउन विभिन्न व्यक्तिबाट प्रहरीमाथि दबाब आएको भए पनि कानुनी प्रक्रिया पूरा नगरी सामान नछाडिएको प्रहरीले जनाएको छ । प्रहरीले बरामद सामग्री आवश्यक मुचुल्कासहित सम्बन्धित भन्सार कार्यालयमा बुझाइसकेको छ ।

प्रहरीका अनुसार बरामद मोबाइलका पार्टपुर्जा सुनिल मण्डलको भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । घटनापछि मण्डल फरार रहेको बताइएको छ । यस्तै, देव यादव सामान छुटाउन प्रहरी कार्यालय पुगे पनि बरामद सामग्री आफ्नो नभएको बताएपछि उनलाई सोधपुछ गरी छाडिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी रुपक खड्काले प्रमाण र कानुनी प्रक्रियाका आधारमा मात्रै अनुसन्धान अघि बढाइएको बताए । उनले कानुनी प्रक्रिया पूरा नगरी बरामद सामान फिर्ता गर्न नसकिने स्पष्ट पारे ।

एसपी खड्काका अनुसार बरामद सामग्री र मोटरसाइकल सम्बन्धित भन्सार कार्यालयमा बुझाइसकिएको छ । घटनाबारे थप अनुसन्धानका लागि छानविन समिति समेत गठन गरिएको उनले बताए ।

प्रहरीले तस्करी नियन्त्रणको कारबाही प्रभावित पार्ने उद्देश्यले गलत सूचना र अफवाह फैलाइएको हुनसक्ने जनाएको छ । बरामद सामग्रीको स्वामित्व, भन्सार छली तथा घटनामा संलग्न व्यक्तिको भूमिकाबारे सम्बन्धित निकायबाट थप अनुसन्धान भइरहेको छ ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

रहेनन जनकपुरका चर्चित साहित्यकार एवम् शिक्षाविद् 'डा. राजेन्द्र बिमल'

  • २०८३ श्रावण २७ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामका चर्चित साहित्यकार, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्र प्रसाद विमलको निधन भएको छ । डा. विमलको सोमबार राति १२ः३० देखि १२ः४५ बजेको बीचमा जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा निधन भएको

पूरा पढ्नुहोस्

Bureau Menus