सशस्त्र प्रहरी धनुषा र जनकपुर न्यूरो हस्पिटलबीच प्रहरी उपचार राहत कार्यक्रममा सम्झौता
सम्झौता अनुसार, सशस्त्र प्रहरीबलका पदाधिकारी, जवान, कर्मचारीलाई न्यूरो हस्पिटलमा विशेष राहत सेवा उपलब्ध गराइने छ । सशस्त्र प्रहरीका जवान कर्मचारीहरुलाई उपचारमा सहुलियत दिने सम्झौता भएको हो । हस्पिटलमा लाग्ने खर्चमा सहुलित र राहत प्रदान गर्ने सहमति भएको प्रबन्धक अजय कुमार राउतले बताए ।

२०८३ साउन २६ मंगलबार, बिहान १०:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सशस्त्र प्रहरी बल ८ नं. गण धनुषा र जनकपुरधामस्थित न्यूरो हस्पिटलबीच उपचार राहत कार्यक्रममा सम्झौता भएको छ ।
सोमबार एक कार्यक्रमबीच जनकपुर न्यूरो हस्पिटलमा सशस्त्र प्रहरी बल धनुषा ८ नं. गणका प्रमुख (एसपी) भिम बहादुर बिष्ट र जनकपुर न्यूरो हस्पिटलका प्रबन्धक अजय कुमार राउतबीच सम्झौता हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार, सशस्त्र प्रहरीबलका पदाधिकारी, जवान, कर्मचारीलाई न्यूरो हस्पिटलमा विशेष राहत सेवा उपलब्ध गराइने छ । सशस्त्र प्रहरीका जवान कर्मचारीहरुलाई उपचारमा सहुलियत दिने सम्झौता भएको हो । हस्पिटलमा लाग्ने खर्चमा सहुलित र राहत प्रदान गर्ने सहमति भएको प्रबन्धक अजय कुमार राउतले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…